जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत
काठमाडौँ । जनकलाकार खगेन्द्र बिश्वकर्मालगायतका जनकलाकार नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन्। जनयुद्ध हुँदै पछिल्लो समयमा इन्द्रेणीमा चर्चित भएका जनकलाकार खगेन्द्र बिश्वकर्मा नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । यसरी नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत हुनेमा दैलेख महाबु गाउँपालिका – ३ बाँसी निवासी पदमप्रसाद जैसी, देवबहादुर सुनार र दाङ तुल्सीपुर उपमहानगरपालिका – ५ निवासी कृष्ण कुमार बुढाथोकी रहेका छन् । ।
उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खादा ओढाइ -फुल प्रदान गरि पार्टीमा स्वागत गरेका छन् । सो क्रममा मन्तव्य राख्दै महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादले मात्रै नेपालको सबै समस्या को समाधान गर्न सक्ने भन्दै यो महान अभियानमा सबै सहभागी बन्नु पर्ने बताए ।
उक्त अवसरमा जनकलाकार खगेन्द्र बिश्वकर्माले आजको नेपाली राजनीतिक परिस्थितिमा देशलाई नेकपा र यसको नेतृत्वले मात्र निकास दिन सक्ने निश्कर्षसहित आफू नेकपामा ध्रुविकृत भएको बताए ।
सो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य रामलाल सी, अडिग सी, सुदर्शन सी ,सुर्खेत जिल्ला सचिव जीत सी र अखिल नेपाल लेखक संघ केन्द्रीय कोषाध्यक्ष प्रतिबद्धलगायतको उपस्थिति रहेको थियो ।