संगीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा

२०८१ भाद्र ५ गते, बुधबार


काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ । प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
आममानिसलाई नक्कली कलाकार, गायकको कागजात बनाएर अस्ट्रेलियामा पठाउने गरेको भन्दै समाचारहरू आएका थिए । उक्त समाचारहरू बाहिरिएपछि ब्युरोको टोलीले छापा मारेको ब्युरो प्रवक्ता एवं एसपी गौतम मिश्रले बताए ।
संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको उनले जानकारी दिए । त्यहाँबाट प्रहरीले कागजात बरामद गरेको छ । घटनामा प्रहरीले कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार