‘सिजन-सुदर्शन’काे स्मृति ग्रन्थ पिता र पुत्र लाेकार्पण

२०८१ माघ १२ गते, शनिबार


काठमाडौँ । बरिष्ठ पत्रकार तथा जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य सुदर्शनराज पाण्डे र उनका पुत्र सिजनराज पाण्डेकाे स्मृति ग्रन्थ ‘पिता र पुत्र’ लाेकार्पण गरिएकाे छ ।
शनिबार पर्साकाे वीरगंजमा आयाेजित एक कार्यक्रमका बिच नेकपा महासचिव विप्लव सीकाे बाहुलीबाट पुस्तक लाेकार्पण गरिएकाे हाे ।
नेपाल पत्रकार महासंघ, पर्साले हलमा आयाेजित कार्यक्रममा नेकपा महासचिव विप्लवसहित, स्थायी समिति सदस्य अनिल सी, सुदर्शनराजका भाई श्यामराजा पाण्डे, छोरा सुरजराज पाण्डे, पूर्व सभासद शिक्षा यादव, कवि ऋतु आशिक लगायतको उपस्थिति रहेकाे छ ।
जनप्रचार तथा प्रकाशन प्रा.लिले प्रकाशन गरिएकाे पुस्तकमा राजनीतिज्ञ तथा लेखक अनिल सीकाे सम्पादन तथा संयाेजन रहेकाे छ । पुस्तकमा दुई खण्ड रहेका छन् । – शाेभराज बराल

प्रतिक्रियाहरु

[anycomment]