पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

२०७९ जेष्ठ २० गते, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ ।अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भने अनुसार निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यस अगाडि पेट्रोलको मूल्य १८० रुपैयाँ तोकिएको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।
निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निगम सञ्चालक समितिको निर्णय अनुसार आज मिति २०७९/०२/१९ को राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा विक्री मूल्यमा प्रतिलिटर रु.१०/–ले घटाई पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य (देशैभर निगमको डिपो परिसरबाट १५ कि.मि.सम्म) क्रमशः प्रतिलिटर रु.१७०/–, रु.१५३/– र रु.१५३/–प्रतिलिटर कायम गरिएको छ ।’
यसरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएपनि हवाई इन्धन (आन्तरिक र बाह्यतर्फ) र एलपी ग्याँसको खुद्रा विक्री मूल्य भने यथावत कामय राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु