डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

२०८३ कार्तिक १३ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा तोकेको थियो ।
आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांकको भाउ पनि बढेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा तोकिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा तोकिएको थियो ।
आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५८ पैसा थियो ।
आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो !

२०८३ कार्तिक १३ गते, शुक्रबार

नेप्से परिसूचक ३१.५४ अंकले बढ्यो

२०८३ कार्तिक १२ गते, बिहीबार

नागढुंगा सुरूङमार्गमा टोल शुल्क उठाइदै

२०८३ कार्तिक १२ गते, बिहीबार