भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा २ जना पक्राउ

२०८० जेष्ठ ८ गते, सोमबार


काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका–३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश ऐरी रहेका छन् । उनीहरुलाई सिंहदरबार दक्षिण गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाइएकोमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु