नेप्से परिसूचक २१.३२ अंकले घट्यो

२०८० असार १८ गते, सोमबार

काठमाडौँ। नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज २३ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र नागरिक लगानी कोषको कारोबार भएको छ।
आजको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा सिवाइसि नेपाल लघुवित्त, बिपीडव्लु लघुवित्त र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यी तीनवटै कम्पनीको सेयर भाउले बढेको छ। यता, लक्ष्मी इक्युती फण्ड र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४७५ किलो गाँजासहित २ जना पक्राउ

२०८२ आश्विन १ गते, बुधबार

बैंकको ब्याजदर घट्यो

२०८२ भाद्र ३१ गते, मंगलवार