नेप्सेमा दोहोरो अंकको गिरावट

२०८० कार्तिक १२ गते, आईतवार


काठमाडौँ । नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ उपसमूह १७, विकास बैंक ५५, फाइनान्स २३, होटल तथा पर्यटन १२८, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा १९२, अन्य १३ र ब्यापार उपसमूह ७४ अंक घटे भने २७ कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घट्यो । ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । अपर सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै करिब ९ प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको मूल्य ६.६, घलेम्दी हाइड्रोको ५.७, बीपीडब्लू लघुवित्तको ५.६ प्रतिशतले मूल्य बढ्यो ।
आजदेखि कारोबारमा आएको सोनापुर मिनरल्सको सेयर मूल्य भने १० प्रतिशत घट्यो । प्रतिकित्ता ३५० रुपैयाँबाट कारोबार भएको सो कम्पनीको मूल्य प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको छ । त्यस्तै एनएचपीसी हाइड्रोको मूल्य ७.९ प्रतिशत घट्यो । धेरै रकमको कारोबार हुने कम्पनीमा एनएचपीसी, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ, नबिल बैंक र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार