बनेपा नगरपालिकाका वडाध्यक्ष घुससहित पक्राउ

२०८० माघ ४ गते, बिहीबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई १५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो। बादेले घर बाटो सिफारि गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो। प्रवक्ता घिमिरेले भने – ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।’
।बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए। बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ। कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए। पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको घिमिरेले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार