नेप्से ३.९० अङ्कले घट्यो

२०८२ असार ३ गते, मंगलवार

काठमाडौँ । नेप्से ३.९० अङ्कले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ । आज २४७ कम्पनीका ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्यमा गिरावट आएको छ। आज कारोबारमा आएका उप(समूहहरूमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको छ। हाइड्रोपावर समूहको सूचक ०।२७५ ले बढ्दा, सबैभन्दा धेरै होटल्स एण्ड टुरिजम समूह १.५५ प्रतिशत र माइक्रोफाइनान्स समूह १.१० ले घटेका छन्। त्यसैगरी, बैङ्किङ, विकास बैङ्क, वित्त, जीवन बीमा लगायतका अन्य समूहहरू पनि आज घटेका छन् । सर्वाधिक कमाउनेमा आज पनि पियोर इनर्जी रह्यो । सो कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। यसपछि बुटवल पावर कम्पनी ७.५९ प्रतिशत र सामुदायिक लघुवित्त ७.१३ प्रतिशतले बढेका छन्। सर्वाधिक गुमाउनेमा आज गार्डियन लाइफ इन्स्योरेन्स रहेको छ । सो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.७२ प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रो अग्रस्थानमा रह्यो। कम्पनीको ७४ करोड ९६ लाख भन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार