होटल फरेस्ट इनको आइपिओ खुला

२०८२ माघ २२ गते, बिहीबार


काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गरेको हो । आईपीओको लागि आजदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।
सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता शेयरक आवेदन दिन सकिने छ । केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूलाई ‘केयर-एनपी बीबी-’ रेटिङ दिएको छ । यसले मध्यम जोखिमलाई जनाउछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार