६ महिनामा विदेश अध्ययन र भ्रमणका लागि १ खर्ब बढी खर्च

२०८२ माघ २३ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार ६ महिनामा नेपालीले विदेश भ्रमण र अध्ययनमा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका छन्।
केन्द्रीय बैंककाे तथ्यांकअनुसार समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ५६ अर्ब ८३ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रहेको थियो।
समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार