पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८३ श्रावण १८ गते, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको सञ्चालक समिति बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य २०० पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य पनि २०० पुगेको छ।

प्रतिक्रियाहरु

[anycomment]