अर्थ

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुन:वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु […]

२०७८ फाल्गुन ८ गते, आईतवार

सात महिना ८६३ फर्म कारबाहीमा, ८९ लाख बढि राजस्व संकलन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौं उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो । अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा ८९ लाख ८० हजार राजस्व सङ्कलन भएको जनाइएको […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

३ लाख नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनीहरुबाट […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

राष्ट्र उत्थान लघुवित्तको आइपिओ बिक्री खुला

काठमाडाैं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । […]

२०७८ फाल्गुन ४ गते, बुधबार

आन्तरिक उडान गर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुलाई ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै प्रहरीले प्रबेशमा रोक लगाएको छ । सोही अनुसार वायुसेवा कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् । नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तब्यसहित स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ । टिकट […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

तातोपानी नाकाबाट निर्यात शून्य !

काठमाडौं । चीनसँगको मुख्य नाका तातोपानी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

लिखुखोला जलविद्युत आयोजनाबाट विजुली उत्पादन सुरु

काठमाडौं । लिखु ४ जलविद्युत आयोजनाले व्यवसायीक उत्पादन सुरु गरेको छ। रामेछाप र ओखलढुंगाको सीनामा लिखुनदीमा निर्माण भएको उक्त आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडिएको हो । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडले सन् २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले ३ वर्षमा आयोजना सम्पन्न गरी नेपाल विद्युत […]

२०७८ फाल्गुन २ गते, सोमबार

क्रिप्टोकरेन्सीजस्ता गैरकानुनी क्रियाकलापमा संलग्न भए कारबाही !

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको सूचना दिन प्रहरीले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनी कारोबारमाथि निगरानी भइरहेको भन्दै सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो। गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइए कडाइका साथ कारबाही गर्नेसमेत आइतबार ब्यूरोले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। गैर कानूनी क्रियाकलापमा संलग्न व्यक्ति […]

२०७८ फाल्गुन २ गते, सोमबार

‘ आगलागीबाट पीडितलाई उचित राहात र क्षतिपूर्ति देउ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै पीडितलाई उचित राहात र क्षतिपूर्ति दिन माग गरेको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपले वक्तव्य जारी गर्दै सो माग गरेका हुन् ।सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित विज्ञप्तिमा गएराती करिव २ बजेदेखि बिहानसम्म आगलागी हुँदा भएको मानवीय क्षतिप्रति पार्टी दुखित एवम गम्भीर […]

२०७८ माघ २९ गते, शनिबार

चाउचाउ कारखानामा भीषण आगलागी

काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ । आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।नेपाल रेडक्रस सोसाइटी […]

२०७८ माघ २९ गते, शनिबार