अर्थ

कोरियन भाषाको परीक्षा असोज २० र २१ गते

काठमाडौं ,११ साउन,। कोरियामा रोजगारीका जानेका लागि आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) कोरियन भाषाको परीक्षा सञ्चालन हुने वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ ।भदौ ५ देखि ८ गतेसम्म विहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश […]

२०७० श्रावण ११ गते, शुक्रबार

चिया मजदुरहरु आन्दोलीत

इलाम , १० साउन- तलबबृद्धि संगै बिभिन्न माग राख्दै इलामका चिया मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । मजदुरहरुले वगान र कारखानाका काम आजैदेखि ठप्प पारेका छन् । चिया क्षेत्रमा काम गर्ने मजदुरहरुको तलव अत्यन्तै न्यून भएको तथा तलब बृद्धिका बारेमा गत बर्षहरुमा भएको सहमति कार्यन्वयन नभएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल स्वतन्त्र चिया मजदुर युनियन, […]

२०७० श्रावण १० गते, बिहीबार

अब जुवाडेको जितौरिमा पनि कर लाग्ने

काठमाडौ, ८ साउन । सोमबारदेखि लागू भएको क्यासिनो व्यवस्थापन नियमावली–०७१ ले पहिलोपटक क्यासिनोमा जितेको रकमबाट २५ प्रतिशत आकस्मिक आयकर लाग्ने प्रावधान लागू गरेको छ ।अबदेखि क्यासिनोमा जुवा खेल्दा जित्नेले सरकारलाई २५ प्रतिशत कर तिर्नुपर्ने भएको छ। क्यासिनोलाई व्यवस्थापन गर्न पहिलोपटक नियमावली लागू गर्दै सरकारले विभिन्न कडा प्रावधान ल्याएको छ । नियमावलीको दफा २५ मा क्यासिनोमा […]

२०७० श्रावण ८ गते, मंगलवार

आ व २०७०–७१ को मौद्रिक नीति सार्वजनिक

काठमाडौँ , ६ साउन । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०–७१ को लागि तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरलाई हासिल गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो पारेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०–७१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर […]

२०७० श्रावण ६ गते, आईतवार

हेटौंडा– काठमाडौ सुरुङको निर्माण कार्य भदौदेखि

काठमाडौ , साउन ५ – हेटौंडा–काठमाडौ सुरुङमार्ग निर्माणको काम भदौको दोस्रो हप्तादेखि शुरु हुने भएको छ ।बर्षाका कारण असार मसान्तदेखि काम थाल्न समस्या भएकाले भदौ दोस्रो हप्तादेखि सुरु गर्न लागेको नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिएका छन् ।‘असारको मसान्तदेखि काम सुरु गर्ने भनिएपनि बर्षाका कारण सकिएन अब भदौको दोस्रो हप्ता भीमफेदी र […]

२०७० श्रावण ६ गते, आईतवार

वित्तीय क्षेत्रमा आँखा गाड्दै ‘अख्तियार’

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुमाथि पनि अनुसन्धान र कारबाही गर्ने भएको छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की, आयुक्त केशव बराल र सचिव केशव भट्टर्राईसहितको बैठकले बैंक तथा निजी वित्तीय क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याउने निर्ण्ागर्दै राजपत्रमा सूचना प्रकाशनका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ । निर्णानुसार अख्तियारले […]

२०७० श्रावण ६ गते, आईतवार

क्यासिनोमा कडाइ

काठमाडौँ । मन्त्रिपरिषद्ले गत साता पारित गरेको ‘क्यासिनो नियमावली’ कार्यान्वयनमा आएसँगै तीनतारे होटलले क्यासिनो सञ्चालन गरेका मुलुकभर डेढ दर्जन मिनी क्यासिनो बन्द हुने भएका छन् । नयाँ ‘क्यासिनो नियमावली’ कार्यान्वयनमा आएसँगै तीनतारे होटलले क्यासिनो सञ्चालन गर्न पाउनेछैनन् । क्यासिनोसम्बन्धी नयाँ नियमावली लागू भएपछि मुलुकभर सञ्चालित डेढ दर्जन मिनी क्यासिनो बन्द हुने भएका हुन् । चार […]

२०७० श्रावण ५ गते, शनिबार

रोजगार बचत पत्र पाँच गुणा बढी बिक्री

काठमाडौं, ३ साउन । सरकारले जारी गरेको वैदेशिक रोजगार बचत पत्रमा विदेशमा कार्यरत नेपालको आकर्षण उल्लेख्य बढेको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच गुणा बढी रकमको बचत पत्र बिक्री भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।गत असार ३० गते बाँटफाँट भएको बचत पत्रमा ४ करोड २८ लाख ५५ हजार रुपैयाँको बिक्री भएको छ […]

२०७० श्रावण ३ गते, बिहीबार

५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्बजनिक

काठमाडौ, ३० असार । सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । सरकारले अध्यादेशमार्फत आइतबार उक्त बजेट जारी गरेको हो । यो चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो । अर्थमन्त्री शंकर कोइरालाले […]

२०७० असार ३१ गते, सोमबार

आज बजेट आउने

काठमाडौं, ३० असार- सरकारले आर्थिक वर्ष २०७०/७१ को बार्षिक बजेट आज सार्वजनिक गर्ने भएको छ । आज विहान बस्ने मन्त्री परिषद्को बैठकले अर्थमन्त्रालयकले तयार गरेको बजेट पारित गरी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने र प्रमाणीकरण भएपछि अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । अर्थ मन्त्रालयसम्बद्ध स्रोतका अनुसार आज दिउसो अर्थमन्त्रीले राष्ट्रिय […]

२०७० असार ३० गते, आईतवार