अर्थ

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाण्डौ ,२७ साउन।आजबाट पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगम संचालक समितिको बैठकले आजबाट लागू हुने गरी मूल्य बढाउने निर्णय गरेपछि डिजेल र मट्टीतेलमा एक रुपैयाँ, पेट्रोलमा दुई रुपैयाँ मुल्य बढेको छ ।अब एक लिटर डिजेल र मट्टीतेलको लागि एक सय तथा पेट्रोलका लागि १ सय २५ तिर्नु पर्नेछ । यस्तै हवाई इन्धनमा […]

२०७० श्रावण २७ गते, आईतवार

ट्रान्सफर्मर खरिद प्रकरणमा पाच कर्मचारी पक्राउ

काठमाडौ , २१ साउन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएका पाँच कर्मचारी र ठेकेदार कम्पनीका दुई प्रतिनिधिलाई पक्राउ गरेको छ । आयोगले आइतबार पाँच कर्मचारी र दुई ठेकेदार प्रतिनिधिलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको हो । २०६४ सालदेखि २०६८ सालसम्म खरिद गरिएका करिब ७ अर्ब रुपैयाँ बराबरका ४ हजार […]

२०७० श्रावण २१ गते, सोमबार

अस्थायी, करार कर्मचारीहरु द्धारा अर्थ मन्त्रालय घेराउ

काठमाडौ, १८ साउन । स्थायी निजामती कर्मचारी सरह सेवा सुविधा पाउनु पर्ने माग राख्दै आन्दोलन उत्रेका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले अर्थमन्त्रालय घेराउ गरेका गरेका हुन ।स्थानीय विकास मन्त्रालय घेराउ लगायत विभिन्न चरणका आन्दोलन गर्दै आएका कर्मचारीले अर्थमन्त्रालय घेराउ गरेका हुन ।घेराउ कार्यक्रम एक घन्टासम्म चल्ने राजकुमार बस्नेतले जनाकारी दिए । आन्दोलनको नेतृत्व अखिल नेपाल […]

२०७० श्रावण १८ गते, शुक्रबार

सिप्रदीको ६० घन्टे योजना

काठमाण्डौ ,१७ साउन। टाटा मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो एक्सप्रेस सेवा अन्र्तगत ६० घण्टामा गाडी नबने दैनिक एक हजार एक सय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।आजदेखि सुरु हुने यो अफर अन्र्तगत कुनै पनि गाडी प्रयोगकर्ताले ६० घण्टामा मर्मत सेवा नपाए दैनिक १ हजार एक सय क्षतिपूर्ति पाउनेछन् । सात महिनाअघि सुरु […]

२०७० श्रावण १७ गते, बिहीबार

साफ्टाको बैठक सुरु

काठमाण्डौं,१५ साउन । दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सहसचिवस्तरीय बैठक आजदेखि काठमाण्डौंमा सुरु भएको छ । बैठक तीन दिनसम्म बस्नेछ । बैठकमा सदस्य राष्ट्रहरुबीच संवेदनशील सूचीका वस्तु कम गर्ने र गैर भन्सार अवरोध हटाउनेबारे छलफल हुनेछ । संवेदनशील सूचीमा नेपालका हजार बस्तु छन् भने भारतका सय बस्तु छन् । अन्य मुलुकका पनि संवेदनशील […]

२०७० श्रावण १५ गते, मंगलवार

नाडा अटो सो भदौ २६ गतेदेखि

काठमाण्डौ, १४ साउन । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनले आगामी भदौ २६ गतेदेखि आठौं नाडा अटो सो आयोजना गर्ने भएको छ । काठमाण्डौको भृकुटीमण्डममा पाँच दिनसम्म चल्ने प्रर्दशनीमा अटोमोबाइलसम्बन्धी सम्पूर्ण बस्तु तथा सेवाको प्रर्दशनी गरिने एसोसिएसनले जनाएको छ । ग्लोबल एक्सपोजिसन तथा म्यानेजमेन्ट सर्भिसेजसँगको सहकार्यमा आयोजना गर्न लागिएको मेलामा करिव १ सय स्टल रहने बताइएको छ […]

२०७० श्रावण १४ गते, सोमबार

बर्ड फ्लू संक्रमित कुखुरा बिक्रीमा

भक्तपुर, १४ साउन – भक्तपुरको बर्ड फ्लू संक्रमित फर्मबाट भैरहवातर्फ लगिएको कुखुरा सोमबार बिहान ललितपुरको सुन्दरीघाटबाट पक्राउ गरिएको छ ।कटुञ्जे २ को गंगा जमुना कुखुरा फार्मले ४ सय ५० वटा प्यारेन्ट कुखुरा राती नै भैरहवा लैजान लाग्दा जिल्ला पुश सेवा कार्यालय ललितपुरले पक्राउ गरेको हो । पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रप्रसाद भट्टले बर्ड फ्लु […]

२०७० श्रावण १४ गते, सोमबार

राजस्व छल्नेलाई गोली

काठमाडौ , १३ साउन – आर्थिक अध्यादेश २०७० मा राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई राजस्व छली गरेको शंका लागेमा गोली हान्ने आदेश दिने अधिकार प्रदान गरिएको छ । महानिर्देशकलाई राजस्व छलीको शंकामा अनुसन्धान भइरहेको अवस्थामा शंकास्पद व्यक्ति भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे प्रहरीलाई गोली हान्ने आदेश दिने अधिकार प्रदान गरिएको हो ।आर्थिक अध्यादेश २०७० ले […]

२०७० श्रावण १३ गते, आईतवार

विशाल बजारमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशाल बजार कम्पनी लिमिटेडबाट शंकास्पद कागजातको सक्कल प्रति नियन्त्रणमा लिएको छ । पसल तथा सटर भाडामा अनियमितता भएको भन्दै परेको उजुरीको छानविनका क्रममा अख्तियारले कागजात नियन्त्रणमा लिएको हो । आठ रोपनी चार आना सरकारी जग्गामा निर्माण भएपनि कम्पनीले सरकारलाई शेयर नदिएको तथा मनोमानी ढंगले सटर भाडामा दिएको विषयमा उजुरी […]

२०७० श्रावण १२ गते, शनिबार

अटेरी जलविद्युत आयोजनाहरुको अनुमतिपत्र खारेज

काठमाडौँ । सरकारले समयमै नवीकरण गर्न नआउने र तोकिएको दस्तुरसमेत नतिरी जलविद्युतका आयोजना मात्र ओगटेर बस्ने विभिन्न आयोजनाहरुको अनुमतिपत्र खारेज गरेको छ । र्सर्भे लाईसेन्स लिएका तर कुनै पनि आयोजनामा र्सर्भेको प्रक्रियासमेत अगाडि नबढाएका आयोजनालार्इर्र्क्रमशः खारेज गर्दै जाने नीतिअनुरुप त्यस्ता आयोजनाहरु खारेज गरिएको हो । ऊर्जा मन्त्रालयअर्न्तर्गतको विद्युत विकास विभागले फूलकोट कर्णाली, हुम्ला कर्णाली र […]

२०७० श्रावण १२ गते, शनिबार