अर्थ

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको राष्ट्र बैंकले जनाएको छ । […]

२०८१ मंसिर १४ गते, शुक्रबार

उखुको न्यूनमत समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले गतवर्षको तुलनामा उखुको न्यूनमत समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको छ । अब किसानले उद्योगीबाट प्रतिक्विन्टल झण्डै ५८५ रुपैयाँ पाउने छन्। समर्थन मूल्य तोकिए पनि अनुदान भने तोकिएको छैन। गतवर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तोकेको थियो ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत […]

२०८१ मंसिर १४ गते, शुक्रबार

ब्रोइलर कुखुराको मासु प्रतिकिलो १५ रुपैयाँका दरले बढ्यो

काठमाडौँ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ । जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो । भाउ बढाएसँगै संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० र तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ । बजारमा भने जिउँदो […]

२०८१ मंसिर १४ गते, शुक्रबार

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

काठमाडौँ । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आएका छन्। विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।उनले भने, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो […]

२०८१ मंसिर १३ गते, बिहीबार

एम्बुलेन्सबाट ब्राउन सुगर बरामद, दुईजना पक्राउ

काठमाडौँ । इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरी चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।टोलीले गए राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी […]

२०८१ मंसिर १३ गते, बिहीबार

नेप्से ३९.७० अंक बढ्यो

काठमाडौँ । नेप्से ३९.७० अंकले बढेर २७५६ मा कायम भएको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो । आज २०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका सूचक बढे ।फाइनान्स समूह ०.४७ प्रतिशत घट्यो । व्यापार समूह सबैभन्दा […]

२०८१ मंसिर १२ गते, बुधबार

एमसिए नेपालद्वारा विद्युत् प्रसारण लाइनसम्बन्धी बोलपत्र पुनःआह्वान

काठमाडौँ । एमसीए नेपालले आज एक सूचना जारी गर्दै मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको चार सय केभी विद्युत् प्रसारण लाइनका प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि विस्तृत खरिद प्रस्ताव आह्वान गरेको छएमसीएले पहिले गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरेको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ […]

२०८१ मंसिर १२ गते, बुधबार

सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ […]

२०८१ मंसिर ११ गते, मंगलवार

कर्णाली विकास बैंकलाई निक्षेप लिन र कर्जा दिन रोक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंक समस्यामा देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ । राष्ट्र बैंकले नेपालगन्जमा रहेको सो बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि निक्षेप लिन र कर्जा दिन रोक लगाएको हो ।‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख […]

२०८१ मंसिर ११ गते, मंगलवार

नेप्से १५.८३ अंकले बढ्यो

काठमाडौँ । नेप्से १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा अडिएको छ । आज १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १३.०३ अंकले घटेर परिसूचक २६६७.४० बिन्दुमा बन्द भएको थियो ।दोहारो अंकले बढे पनि ङादी ग्रुप […]

२०८१ मंसिर १० गते, सोमबार