अर्थ

खप्तड जोड्ने सडकमा कालोपत्र सुरु

काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ ।अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरीले बताए । उनले भने, ‘सिलगढीबाट […]

२०७८ बैशाख २८ गते, मंगलवार

निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण जारी निषेधाज्ञाले निर्माण उद्योग आक्रान्त भएकाले निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र शहरी विकास मन्त्री प्रभु साहलाई भेट गरी कोभिड–१९ को दोस्रो लहरले निर्माण […]

२०७८ बैशाख २७ गते, सोमबार

‘वाइडबडी’ विमान अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन चीन जादै

काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज बेइजिङ प्रस्थान गर्दै छ । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याउने निगमले जनाएको छ । सोही विमानबाट १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सर्न ट्रेटर पनि ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]

२०७८ बैशाख २७ गते, सोमबार

अक्सिजन लुकाउने व्यापारीमाथि कारबाही

काठमाडौँ । धनगढीमा अक्सिजन लुकाएर कालोबजारी गर्ने व्यापारीमाथि कारबाही थालिएको छ । धनगढीस्थित अमित मेडिसिन डिस्ट्रिब्युटर्समा प्रहरी प्रशासन र वाणिज्य कार्यालयको टोलीले छापा मार्दा अनियमितता गरेको पाइएसँगै सञ्चालकलाई कागजपत्र पेश गर्न निर्देशन दिइएको हो । सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन […]

२०७८ बैशाख २३ गते, बिहीबार

सुन तोलाको ९० हजार तीन सय

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको जनाएको छ । महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको […]

२०७८ बैशाख २२ गते, बुधबार

बायोग्यास कारखानामा भीषण आगलागी

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ […]

२०७८ बैशाख २० गते, सोमबार

विद्युतको माग घट्यो !

काठमाडौं । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरी जिल्लामा निषेधाज्ञा सुरु भएसँगै रातको समयमा उत्पादन भएको विद्युत् खपत कम हुन थालेको जनाएको छ । गत वर्ष भने विद्युत् खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमित भएको थियो । त्यतिबेला सामान्यतया दुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत् […]

२०७८ बैशाख १९ गते, आईतवार

यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

काठमाडौं । डोल्पाका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना महामारीका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।जिल्लावासीको […]

२०७८ बैशाख १९ गते, आईतवार

‘श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर’

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर्न माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घका संयोजक विनोद थापाले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना संदेश दिदै सो माग गरेका हुन्। संयोजक थापाले प्रेस वक्तव्य जारी गर्दै पुँजीपति वर्गको अमानवीय शोषण, अन्याय र अत्याचारका विरुद्ध मजदुर वर्गले […]

२०७८ बैशाख १७ गते, शुक्रबार

सीईडीबी हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । सीईडीबी हाईड्रोपावर कम्पनीले आजबाट आईपीओ सर्वसाधरणकालागि प्रतिकित्ता १०० अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेकाे छ । सो मध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ […]

२०७८ बैशाख १७ गते, शुक्रबार