स्वास्थ्य / शिक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु

काठमाडौं । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । एसईई आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका […]

२०७९ बैशाख ९ गते, शुक्रबार

बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं । सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाईनेछ । यसैगरि करिब […]

२०७९ बैशाख ६ गते, मंगलवार

कक्षा ११ को परीक्षा जेठ दोस्रो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको दोस्रो साता देखि सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा बोर्डले आइतबार सूचना प्रकाशन गर्दै जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी परिक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको हो । बोर्डले शैक्षिक सत्र २०७८मा रजिष्ट्रेशन भई विभिन्न विद्यालयहरुमा कक्षा ११मा […]

२०७९ बैशाख ४ गते, आईतवार

शिक्षक अध्यापन अनुमति पत्रको विज्ञापन खुला

काठमाडौं। माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि शिक्षक सेवा आयोगले विज्ञापन खुलाएको छ ।आयोगले आजदेखि वैशाख २९ गतेसम्म इच्छुक स्नातक उर्तिण गरेका व्यक्तिका लागि फारम भर्नका लागि विज्ञापन खुला गरेको हो । जेठ पाँच गतेसम्म दोब्बर दस्तुर तिरेर पनि इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारले […]

२०७८ चैत्र ३० गते, बुधबार

अखिल (क्रान्तिकारी ) उदयपुरको अध्यक्षमा निशान कट्वाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)उदयपुरको १३ औँ जिल्ला सम्मेलनले निशान कट्वालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि हाम्रो आन्दोलन, सुदृढ र जुझारु संगठन निर्माणका लागि १३ औँ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ बिहीबार सम्पन्न सम्मेलनले उपाध्यक्षमा मनिश बराईली, सचिव सिदार्थ अधिकारी, सहसचिव पवन […]

२०७८ चैत्र २५ गते, शुक्रबार

टाइफाइडविरुद्धको खोप अभियान सुरु

काठमाडौं । आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार काठमाडौंको दरबार हाइस्कुलमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको सुरुवात गरेका थिए । कार्यक्रम अन्तर्गत शुक्रबार आजदेखि देशभरका बालबालिकालाई खोप लगाइने कार्यक्रम छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना अभियानको जस्तै टाइफाइड विरुद्धको अभियान पनि स्वास्थ्यकर्मीहरुले सफल बनाउनु […]

२०७८ चैत्र २५ गते, शुक्रबार

टाइफाइडविरुद्धको खोप अभियान सुरू

काठमाडौं । टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गरेका छन । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ ।नेपालमा […]

२०७८ चैत्र २४ गते, बिहीबार

अखिल (क्रान्तिकारी) कैलालीद्वारा राष्ट्रिय मावि सुखडमा तालाबन्दी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले आफूहरूका माग पूरा नभएको भन्दै सुखडस्थित दशरथ माध्यमिक विद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । क्रान्तिकारीले चैत्र १७ गते विद्यालयमा भएको भ्रष्टाचार र अनियमितता रोक्न पर्ने, सपिङ कम्प्लेक्सको भाडा ठेक्का वापतको तीन वर्ष देखिको रकम उठाई विद्यालयको खातामा दाखिला गर्नुपर्ने, २ बर्षदेखि […]

२०७८ चैत्र १९ गते, शनिबार

महिला तथा छात्राहरुको आत्मसुरक्षाको कार्यक्रम जरुरी

काठमाडौँ । अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने वक्ताहरुले क्याम्पस स्कुलहरुमा महिला तथा छात्राहरुको आत्मसुरक्षाको कार्यक्रम जरुरी रहेको र सार्वजनिक तथा क्याम्पस स्कुल कलेजमा काउन्सिल, ब्यानर फलेक्स राख्नुपर्ने आवश्यकता औल्याएका छन् । अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकाे आयोजनामा `नेपालमा बढ्दो महिला /छात्रा हिंसा र यसको समाधान´ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

२०७८ चैत्र १७ गते, बिहीबार

क्यान्सर , मिर्गौला र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर , मिर्गौला प्रत्यारोपण गरेका र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । ‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका […]

२०७८ चैत्र १६ गते, बुधबार