स्वास्थ्य / शिक्षा

केएमसीको लापरवाहीका कारण सहानीको मृत्यु : सत्यतथ्य सार्वजनिक गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले काठमाडौं मोडेल कलेज (केएमसी) को गम्भीर लापरवाहीका कारण छात्र सुशिल सहानीको मृत्यु भएको दुई हप्ता बितिसक्दा समेत सत्य तथ्य सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार अखिल (क्रान्तिकारी) का काठमाडौं इन्चार्ज गोविन्द विष्ट र संयोजक हस्त विकद्वारा संयुक्त हस्ताक्षेरित ज्ञापनपत्र बुझाउँदै कलेजको गम्भीर लापरवाहीका कारण अध्ययनरत १८ वर्षीय छात्र […]

२०७८ पुष २१ गते, बुधबार

कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाइदैं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोजका रुपमा अतिरिक्त खोप वितरण गर्दैछ । कोरोना भाइरसविरुद्धको खोप लगाएको तीन महिना पुगेका विभिन्न समूहका व्यक्तिलाई उक्त बुस्टर डोजका रुपमा अतिरिक्त खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय […]

२०७८ पुष २० गते, मंगलवार

त्रिभुवन विश्वविद्यालय ठप्प !

काठमाडाैं । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ । आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यालयमा तालाबन्दी गरेका कारण ती कार्यालयमा कार्यरत करिब ३ सय कर्मचारी कामविहीन […]

२०७८ पुष १९ गते, सोमबार

नेकपाद्वारा मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ। सो पार्टीले अनधिकृत रूपमा विद्यार्थीबाट रकम असुल गर्ने केएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी दिएको हो । नेकपा विद्यार्थी सङ्गठनका फ्याक्सन इन्चार्ज मिलनले शनिबार विज्ञप्ति जारी गर्दै मेडिकल माफियाहरूलाई उचित कारबाही गर्न र मेडिकल सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार नै […]

२०७८ पुष १७ गते, शनिबार

बालबालिका खोप अभियान स्थगित !

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो […]

२०७८ पुष १३ गते, मंगलवार

विद्यालय शिक्षा : सबै बिषयमा ३५ प्रतिशत अङ्क नल्याए फेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । यो निर्देशिका लागु भए संगै अब विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न ३५ प्रतिशतलाई आधार बनाएको […]

२०७८ पुष १२ गते, सोमबार

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुत्त

काठमाडौ । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रीपरिषद्का निर्णय सार्बजनिक गर्दै सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ […]

२०७८ पुष ९ गते, शुक्रबार

‘मेडीकल कलेजका विद्यार्थीको माग तत्काल पुरा गर’

काठमाडौं । अखिल (क्रान्तिकारी) ले मेडीकल कलेजलाई विद्यार्थीहरुका माग पुरा गर्न, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जारी गरेको बिज्ञप्ति यस प्रकार […]

२०७८ पुष ९ गते, शुक्रबार

अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा शिक्षा शाखालाई ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार संगठनका अध्यक्ष उदय घर्तीको नेतृत्वमा थबाङ गाउँपालिकास्थित शिक्षा शाखामा संगठनको तर्फबाट ८ बुदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । विज्ञप्तिमा विद्यालय कर्मचारी र बाल विकास केन्द्रका शिक्षकको तलब भत्ता नेपाल सरकार शिक्षा मन्त्रालय गरेको निर्देशअनुसार भुक्तानी गर्नुपर्ने, […]

२०७८ पुष ९ गते, शुक्रबार

बिष्णु मेमोरियल बोर्डिङ स्कुललाई चर्को शुल्क घटाउन चेतावनी

काठमाडौं । अखिल (क्रान्तिकारी)ले धरानस्थित बिष्णु मेमोरियल बोर्डिङ स्कुलले अत्यधिक शुल्क असुलेर बारम्बार बिद्यार्थीलाई मानसिक तनाव दिइरहेको र अभिभावकले स्थानीय निकायमा उजुरी दर्ता गर्दासम्म पनि स्थानीय निकाय मौन रहि दलाल प्रवृतिलाई अझ बढावा दिइरहेको पाइएको बताउदै शिक्षा समन्वय इकाइ धरान,प्याब्सन जिल्ला समिति सुनसरी,नगर प्याब्सन धरानलाई बोधार्थ दिदै प्रेस बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा […]

२०७८ पुष ८ गते, बिहीबार