स्वास्थ्य / शिक्षा

नेपालमै पहिलोपटक एकै व्यक्तिको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण

काठमाडौँ । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको छ । सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको नेपालमै पहिलो पटक कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक भएको हो । उनलाई ३४ वर्षीय श्रीमानले कलेजो र उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए । बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) […]

२०८० आश्विन २३ गते, मंगलवार

इजरायलमा मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । अखिल (क्रान्तिकारी)ले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) पश्चिम जनकपुर ब्युरोद्वारा दीप प्रज्वलन गरिएको छ । सोमबार सिन्धुली जिल्लाको सदरमुकाम माढीमा दिप प्रज्वलनसँगै कोणसभा गरिएको हो ।कोणसभामा सम्वोधन गर्दै अखिल (क्रान्तिकारी) पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश सीले युद्ध क्षेत्रमा फसेका नेपालीको पहिचान गरी […]

२०८० आश्विन २३ गते, मंगलवार

इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षाको व्यवस्था गर

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले इजरायलमा रहेका सबै नेपाली विद्यार्थी र नागरिकहरूलाई तत्काल सुरक्षाको व्यवस्था गर्न र सुरक्षित नेपाल फिर्ता गर्न पनि माग गरेको छ । सो संगठनका संयोजक प्रकाश सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। संयोजक प्रकाश सी द्वारा जारी बिज्ञप्ति –

२०८० आश्विन २१ गते, आईतवार

अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय उपत्यका जिल्लाको अध्यक्षमा सविन सी

काठमाडौँ । अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिको सातौं सम्मेलनले अध्यक्षमा सविन सी, उपाध्यक्ष दिवस सी, सचिव अजित सी, सहसचिव शिशिर सी, कोषाध्यक्ष दिपकलाई निर्वाचित गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनको शनिबारकान्तिपुर डेन्टल कलेज धापासी काठमाडौँमा सम्पन्न भएको हो ।स्वदेशमै बसौं स्वदेशमै पढौँ ! वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको निम्ति संघर्ष गरौं !! […]

२०८० आश्विन २१ गते, आईतवार

सिङमा हरियो रङ लगाइएको खसीबोका मात्रै खान योग्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण […]

२०८० आश्विन २० गते, शनिबार

अखिल (क्रान्तिकारी) CTEVT उपत्यकाको अध्यक्षमा बालकेश सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) CTEVT उपत्यकाको आठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा बालकेश सी निर्वाचित भएका छन। जसको उपाध्यक्षमा सुरेश सी ,सचिवमा रुप सी , सहसचिवमा कल्पना सी , कोषाध्यक्षमा नवीन सी लगायत ३५ जना रहेका छन ।सर्वसुलभ प्राविधिक शिक्षाको लागि हाम्रो आन्दोलन, सुदृढ संगठनको लागी CTEVT उपत्यका जिल्लाको सम्मेलन!! भन्ने मूल नारासहित […]

२०८० आश्विन २० गते, शनिबार

नेपाल र जापान सरकारबीच धुलिखेल अस्पताल सुधारका लागि सम्झौता

काठमाडौँ । नेपाल र जापान सरकारबीच धुलिखेल अस्पताल सुधारका लागि सम्झौता भएको छ । दुई पक्षबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो । सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३ सय २९ करोड ६० लाख अर्थात […]

२०८० आश्विन १८ गते, बिहीबार

विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब […]

२०८० आश्विन १८ गते, बिहीबार

कक्षा १२ को परीक्षा वैशाखको पहिलो सातादेखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने उल्लेख छ । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा […]

२०८० आश्विन १६ गते, मंगलवार

सापू रोगबाट बच्न आग्रह

काठमाडौँ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताए । केही समयअघि महामारीको रुपमा फैलिएकोे आँखा पाक्ने रोगसँग झुक्किएर […]

२०८० आश्विन १४ गते, आईतवार