विविध

मयुरको पिरतीले गाउँबासीको निदहराम

काठमाडौ, १६ बैशाख । इंग्ल्याण्डमा मयुर र मयुरनीबीचको सेक्समा क्रममा हुने हल्लाखल्लाले एउटा स्थानीय गाउँबासीको निद्रा हराम भएको छ। गाउँबासीका अनुसार ती मयुर र मयुरनीबीच हुने सेक्सले गाउँबासीलाई बाँच्न गाह्रो बनाएको छ। गाउँबासीका अनुसार यो पंक्षीहरुले गाउँलेको कारमा समेत आक्रमण गर्न सक्छ । साथै मयुरले आफ्नो पञ्जा र चुच्चोबाट उनीहरुको गाडीमा क्षति पुराउने गरेको छ। […]

२०७३ बैशाख १६ गते, बिहीबार

फेसबुकको टिप्पणीले सांसद पद चट्

काठमाडौ, १६ बैशाख । बेलायतको लबर पार्टीले इजरायलका बारेमा विवादित टिप्पणी गर्ने आफ्नो पार्टीकी एक जना सांसद नाज शाहलाई निलम्बित गरेको छ। ब्रेडफोर्ड वेस्टबाट सांसद बनेकी नाजले आफ्नो फेसबुक पोस्टका कारण कडा आलोचना सहनु परेको थियो । एउटा फेसबुक पोस्टमा उनले इजरायललाई अमेरिका लैजान भनेकी थिइन् । यो टिप्पणी उनले सांसद चुनिनु अघि नै पोष्ट […]

२०७३ बैशाख १६ गते, बिहीबार

गोजीभरि पैसा भएपछि….

काठमाडौं, १४ बैशाख । जर्मनी निवासी बास्तियन र मारिया योट्टा आफ्नो लग्जरियस लाइफका कारण इन्स्टाग्राममा निकै लोकप्रिय छन् । बास्तियनलाई अरबपति प्लेब्वायको नामले पनि चिन्ने गरिन्छ । उनी दिनहुँ फूल पार्टी गर्दथे, जुन उनका छिमेकीहरुलाई मन पर्दैन थियो । यही कारण उनी लस एन्जल्स शिफ्ट हुन बाध्य भए । एक महिनामा आफूमाथि ६७ लाख रुपैयाँ […]

२०७३ बैशाख १४ गते, मंगलवार

भूतका कारण विद्यालय बन्द

काठमाडौ, १० बैशाख । मलेसियामा भूत आतंकका कारण एउटा विद्यालय बन्द गरिएको छ । झारफुक र तान्त्रिक प्रक्रिया पुरा गर्नका लागि एक दिन विद्यालय बन्द गरिएको हो । स्थानीय संचारमाध्यमका अनुसार उत्तरी मलेसियाको एउटा विद्यालयमा शिक्षक र विद्यार्थीले एउटा अदृष्य शक्तिको अनुभव गरेसँगै विद्यालय बन्द गरिएको हो । कोटा भारु सहरस्थित सो विद्यालयमा भूत रहेको […]

२०७३ बैशाख १० गते, शुक्रबार

आमाको सिउँदोमा सिन्दूरपछि मात्रै छोराको बिहे !

काठमाडौं, ९ बैशाख । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कारअनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार बिहे गर्न मिल्दैन । आफ्नो विवाह सम्पन्न गर्न धार्मिक परम्परा फुकाउन दोलखाको आलम्पु–१ का माइकल थामीले कुमारी बाहुनीका हातबाट सिन्दूर […]

२०७३ बैशाख ९ गते, बिहीबार

राहदानी विना नै ११६ देशको भ्रमण !

काठमाडौ, ८ बैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीय ९० वर्षकी भइन् । सन् १९५२ देखि बेलायतको सत्ता सम्हालेकी उनले यसबीचमा ११६ मुलुकको भ्रमण गरिसकेकी छन् । तर उनीसँग राहदानी (पासपोर्ट) छैन । सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता यही हो । उनले राहदानी विना नै ११६ मुलुकको भ्रमण गरिसकेकी छन् । यतिमात्र होइन, उनीसँग चालक […]

२०७३ बैशाख ८ गते, बुधबार

शौचालय नहुदा….

काठमाडौ, ७ बैशाख । भारतको उत्तर प्रदेशको कानुपरमा एक किशोरीले आफ्नो हुनेवाला श्रीमानको घरमा शौचालय नभएको थाहा पाएपछि विवाह हुनु एक दुई दिनअघि विवाह गर्न अस्वीकार गरेकी छन्। विवाहका लागि सबै तयारी पूरा भइसकेको थियो । परिवारजन पाहुनाको स्वागतको तयारीमा थिए । यसैक्रममा किशोरीले आफ्नो हुनेवाला श्रीमानको घरमा शौचालय नभएको थाहा पाइन् । यो थाहा […]

२०७३ बैशाख ७ गते, मंगलवार

श्रीमान श्रीमतीको झगडा मृत्युलाई निम्ता

काठमाडौं । मानिसलाई सबैभन्दा बढी मृत्युदेखि डर लाग्छ । मानिसको मृत्यु विभिन्न कारणले हुन्छ । एक अध्ययनका अनुसार श्रीमान श्रीमतीको मृत्यु चाडै हुने विभिन्न कारण मध्ये झगडा पनि एक हो । डेनमार्कका शोधकर्ताका अनुसार जीवनसाथी, साथी तथा नातेदारका साथ प्रायजसो बहस गर्नाले पच्चीसभन्दा बढी उमेरका मानिसहरुलाई मृत्युको अधिक खतरा हुन्छ । अनुसन्धानका अनुसार नजिकका मानिसबीच […]

२०७३ बैशाख ६ गते, सोमबार

पति पत्नी चिन्न समस्या भएपछि…

काठमाडौं, ४ वैशाख । चीनको साङ्सी प्रान्ताका यी दुई भाइ र उनका पत्नीमा यति धेरै समानता छ कि उनीहरु पनि अल्मलिन पुग्छन् । यी दुई भाइका पत्नी पनि दिदीबहिनी नै हुन् । आफ्ना पति पत्नीलाई चिन्न समस्या भएपछि यी दुई दम्पत्तीले प्लास्टिक सर्जरी गराउने भएका । घरमा मात्रै होइन उनीहरु बाहिर निस्कदाँ पनि अलमलमा परिरहन्छन् […]

२०७३ बैशाख ४ गते, शनिबार

भिख माग्नकै लागि दुबई !

काठमाडौं, ३ बैशाख । दुबईमा भिखारीमाथि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । सहरलाई भिखारीमुक्त बनाउने उद्देश्यले नगरपालिका स्तरमा निरीक्षकहरु परिचालन गरी भिखारीलाई गिरफ्तार गर्न थालिएको छ । समाचार एजेन्सीहरुका अनुसार सन् २०१६ को पहिलो त्रैमासिक अवधिमा ५९ भिखारीलाई गिरफ्तार गरिसकेको अधिकारीहरुले जनाएका छन् । गिरफ्तार गरिएका भिखारीमाथि अनुसन्धानका क्रममा उनीहरु निकै धनाढ्य पाइएको पनि […]

२०७३ बैशाख ३ गते, शुक्रबार