Main Banner

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ

२०८१ मंसिर २७ गते, बिहीबार

नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ बजारमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ (Comprador Capitalism) बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ ।नेपाली भाषाको लेखनमा ऐंजेरुलाई परजीवि पुँजीवाद, आसेपासे पुँजीवाद वा दलाल पुँजीवाद भन्ने चलन छ । यो पुस्तकलाई ‘दलाल पुँजीवाद’ नामाकरण गरेर प्रकाशन गर्न सकिनेतर्फ […]

२०८१ मंसिर २६ गते, बुधबार

नेकपाकाे पाेलिट ब्युरो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पाेलिट ब्युरो बैठक आज मध्यान्हवाट पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्तावमाथि पाेलिट ब्युरो सदस्यले भोलिबाट धारणा […]

२०८१ मंसिर २४ गते, सोमबार

भ्रष्टाचारीलाई नाङ्गेझार पारौँ

आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको बताएका छन् । अख्तियार दुरुपयोग […]

२०८१ मंसिर २४ गते, सोमबार

‘दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाले देश र जनताको दुर्दशा गरायो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाले देश र जनताको दुर्दशा गराएको ठोकुवा गरेका छन् । सो पार्टीको  गतआइतबार बसेको वाग्मती प्रदेश सचिवालयको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले हाल जनताको त्याग, तपस्या, बलिदान र आन्दोलनको मुद्दा र […]

२०८१ मंसिर २३ गते, आईतवार

बर्दिया बलात्कार घटनाको दोषीलाई तत्काल कारबाही गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले बर्दिया बलात्कार घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कडा सजायको माग गरेको छ। सो संगठनको छात्रा बिभाग प्रमुख प्रीतिमा सीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेकी हुन्। उक्त बिज्ञप्तिमा भनिएको छ – ‘यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय, र नागरिक समाज सबैको सामूहिक प्रयास […]

२०८१ मंसिर २१ गते, शुक्रबार

अखिल (समाजवादी) द्वारा त्रिविमा राजनितिक भागभण्डा नगर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा राजनितिक भागभण्डा नर्गन माग गरेको छ । सो संगठनले बुधबार त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बराललाई ज्ञापनपत्र पेश गर्दै त्रिविका ८ वटा संकायका डिन र १८ वटा क्याम्पसका प्रमुखहरुमा नियुक्ति गर्दा राजनितिक भागभण्डा नर्गन माग गरेको हो ।त्रिभुवन विश्वविद्यालयले गत भाद्र १९ गते सुचना प्रकाशित गरि […]

२०८१ मंसिर २० गते, बिहीबार

नेपाल र चीनबीच बी.आर.आई फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ । आज बेइजिङमा भएको उक्त सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा […]

२०८१ मंसिर १९ गते, बुधबार

दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् । राष्ट्रपति योलले सैन्य शासन लागू गर्ने असफल प्रयासपछि सांसद्हरुले योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ । शुक्रबार बिहानै अविश्वासको […]

२०८१ मंसिर १९ गते, बुधबार

जनपत्रकार संगठन नेपालद्वारा पत्रकार महासंघको दाङ शाखामा तालाबन्दी

काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । सो संगठनले पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलिले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघको दाङ शाखामा तालाबन्दी गरेका हुन् […]

२०८१ मंसिर १९ गते, बुधबार