Main Banner

नेपाल कम्युनिस्ट पार्टीद्वारा सीता दाहालको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति शोक ब्यक्त गरेको छ । शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र स्थायी समिति सदस्य विषम सी र भरत सीसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता […]

२०८० असार ३० गते, शनिबार

समाजवादी मोर्चा नेपालको बैठक भोलि अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले समाजवादी मोर्चा नेपालको बैठक भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन। उनले समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताका बिषयलाई अन्तिमरुप दिएको समेत बताए ।उक्त […]

२०८० असार २९ गते, शुक्रबार

नेकपाद्वारा मीटर ब्याजी मुनिर खानको जग्गा कब्जा गरी धान रोपाइ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके शेख मुनिर खान अहमेदको जग्गा कब्जा गरी रोपाई गरेको छ । आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ता बनाउन देशब्यापी रुपमा श्रमसंग जोडीएको नेकपाले मीटर ब्याजका नाईके शेख मुनीर खान महोम्मदले ठगी गरी लिएको १० कट्टा जमीनमा रोपाई गरेको हो । कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर ७ […]

२०८० असार २८ गते, बिहीबार

नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता […]

२०८० असार २७ गते, बुधबार

समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं । आज अपरान्ह ४ बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण आज बस्न लागेको मोर्चाको बैठक स्थगित भएको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।मोर्चाको आज बस्ने बैठकमा समाजवादी मोर्चाको कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , […]

२०८० असार २७ गते, बुधबार

नेकपाद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। नेकपाका महासचिव विप्लव सीले आज एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै सीता दाहालको निधनप्रति हार्दिक श्रद्धाञ्जली र दुखको […]

२०८० असार २७ गते, बुधबार

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ । आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्। उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी […]

२०८० असार २७ गते, बुधबार

समाजवादी मोर्चा नेपालको कार्यदलद्वारा प्रतिबेदन तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता तयार कार्य अन्तिम चरणमा पुर्याएको बताएका छन । आज अपरान्ह नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताका बिषयलाई […]

२०८० असार २६ गते, मंगलवार

संसदीय व्यवस्था निकम्मा सावित

संसदीय व्यवस्थाको कमजोरीका कारण देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसदीय व्यवस्था कै कारण १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । देश र जनताका बिषयमा छलफल हुने र नीति नियम बनाउने संसद दलहरुको स्वार्थसिद्ध गर्ने थलोमा परिणत भएको छ । […]

२०८० असार २५ गते, सोमबार

समाजवादी मोर्चा नेपालको कार्यदलको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने बताइएको छ । बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा कार्यदलका सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा […]

२०८० असार २४ गते, आईतवार