मुख्य समाचार

निर्वाचनका लागि ७ सय पर्यवेक्षक परिचालन

काठमाडौँ। आसन्न फागुन २१ गते हुने चुनावका लागि निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको हाे। समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको छ। […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

निर्वाचनका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ देशका प्रतिनिधिलाई पर्यवेक्षणकाे अनुमति

काठमाडौँ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचन पर्यवेक्षणका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ मुलुकका प्रतिनिधिले अनुमति लिएका छन् । पर्यवेक्षणका लागि अमेरिकाका दुई संस्था इन्टरनेसलन रिपब्लिकन इन्स्टिच्युट र मल्टी डिसिप्लिनरी इन्स्टिच्युट फर ट्रेनिङ एन्ड लर्निङ तथा अर्को एसियन नेटवर्क फर फ्री इलेक्सनका ३९ जनाले अनुमति लिएका छन्।यस्तै जापान, दक्षिण कोरिया, रूस, इन्डोनेसिया, अस्ट्रेलिया र […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

महाशिवरात्रि पर्वमा बिहान २ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ । महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषदका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति….

काठमाडौँ । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ । राष्ट्रसङ्घको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य र जिम्मेवारीलाई समेत […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

‘चुनाव जेनजी आन्दोलनको मर्म विपरीत’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले चुनाव जेनजी आन्दोलनको मर्म विपरीत भएको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा बिहिबार हेटौंडामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले फागुन २१ गतेको चुनाव जेनजी आन्दोलनको मर्म विपरीत हुन लागेको बताउदै राज्य पुर्नसंरचना, संविधान संशोधन, भ्रष्टचार अन्त्य, प्रत्यक्ष निर्वाचित […]

२०८२ माघ २९ गते, बिहीबार

‘देश र जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै भएको ठोकुवा गरेका छन्। लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई मङलबार बुटवलमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त कार्यक्रममा महासचिव विप्लव सीले आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सविधान संशोधन र राज्य पुनःसंरचनाको मुद्दा लिएर जनताका […]

२०८२ माघ २८ गते, बुधबार

आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदाताले विवेक नपुर्याए देशलाई ठूलो खतरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदाताले विवेक नपुर्याए देशलाई ठूलो खतरा हुने ठोकुवा गरेका छन्। चुनाव प्रचारका लागि कालिकोट पुगेका प्रवक्ता प्रकाण्ड सीले खाँडाचक्र नगरपालिका वडा नम्बर ९ र १० का जनतासँगको अन्तरक्रिया कार्यक्रममा भाग लिँदै सो ठोकुवा गरेका हुन्।प्रवक्ता […]

२०८२ माघ २७ गते, मंगलवार

‘संसदमा सुविधा भोग्न होइन, राज्य व्यवस्था बदल्न जान खोजेका हौँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले आफ्नो पार्टी संसद सुविधा भोग्न नभएर जनताको मुद्दा उठाउन र राज्य व्यवस्था बदल्न जान खोजेको ठोकुवा गरेका छन् । सो पार्टीको पश्चिम लुम्बिनी प्रदेश समितिद्वारा आयोजनाद्वारा सोमबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उबले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले पार्टीले जनताको पक्षमा निस्वार्थ रूपमा लामो […]

२०८२ माघ २७ गते, मंगलवार

प्रकाण्डद्वारा सच्चा,राष्ट्रवादी र जनताको नेतालाई जिताउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सच्चा,राष्ट्रवादी र जनताको नेतालाई जिताउन आग्रह गरेका छन्। कालिकोटको खाँडाचक्र नगरपालिकाको सेरा,मटेला,तेस्रो वजार र दाँहामा भएको चुनावी प्रचार तथा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले आसन्न निर्वाचनमा कालिकोटे जनताले भ्रष्ट […]

२०८२ माघ २६ गते, सोमबार