मुख्य समाचार

‘माओवादीसँग एकताको ढोका बन्द भएको छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष सी (विषम) ले माओवादीसंग एकताको ढोका बन्द नभएको बताएका छन् ।आइतबार पार्टीको दाङ जिल्ला बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पार्टीको चौथो आवधिक योजनाको प्रथम बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता विषमले भने– ‘प्रचण्ड नेतृत्वको माओवादीसंग एकताको विषय जोडतोडले उठ्ने गरेको छ । […]

२०८१ पुष २९ गते, सोमबार

देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको बताएका छन्। शुक्रबार नेकपा मधेस प्रदेशको कार्यलय बर्दिवासमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले देशको स्वाधीनताको रक्षा गर्न देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको उल्लेख गर्दै नेकपाको नेतृत्वमा क्रान्तिको प्रवल सम्भावना […]

२०८१ पुष २७ गते, शनिबार

‘समाजवादी आन्दोलनमा विद्यार्थी धारिलो हतियार बन्नु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले समाजवादी आन्दोलनमा विद्यार्थी धारिलो हतियार बन्नु पर्ने बताएका छन। शुक्रबार सो पार्टीनिकट अखिल(समाजवादी) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दो उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपालको विद्यार्थी आन्दोलनलाई नमुना बनाउने जिम्मा अखिल (समाजवादी) को काँधमा आएको […]

२०८१ पुष २७ गते, शनिबार

‘संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने छौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने उद्घोष गरेका छन् । बिहिबार महोत्तरीको बर्दिबासमा भएको सो पार्टीको मधेश प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन्।उक्त राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले चुनावलाई एकीकृत जनक्रान्तिकै मोर्चाका रुपमा प्रयोग गर्न लागेको […]

२०८१ पुष २६ गते, शुक्रबार

‘क्रान्तिको प्रवल सम्भावना रहेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेकपाको नेतृत्वमा क्रान्तिको प्रवल सम्भावना रहेको बताएका छन् । बुधबार नेकपा बागमती प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षा गर्न देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको उल्लेख गर्दै […]

२०८१ पुष २५ गते, बिहीबार

‘गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्। सोमबार सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्‍याए […]

२०८१ पुष २२ गते, सोमबार

नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच शनिबार एकता भएको छ । नेकपाका महासचिव विप्लव सी क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै सो एकता सम्पन्न भएको घोषणा गरेका हुन् । उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लव सी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीको हस्ताक्षरमा जारी गरिएको […]

२०८१ पुष २१ गते, आईतवार

‘नेपाली विशेषताको समाजवादका लागि सम्पूर्ण क्रान्तिकारी मिल्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद स्थापना गर्न सम्पूर्ण क्रान्तिकारी मिल्नुको विकल्प नरहेको बताएका छन् । शनिबार आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले देश संक्रमणवाट गुज्रिएको बताउदै यसवाट देश र जनतालाई मुक्त पार्न नेपाली विशेषताको समाजवादको बिकल्प नभएको बताए। उनले यो देश […]

२०८१ पुष २० गते, शनिबार

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल रहेको ठोकुवा गरेका छन्। शुक्रबार सो पार्टीको बागमति प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। महासचिव विप्लव सीले बर्तमान बिश्व राजनिटिक र आर्थिक घटनाक्रमको व्याख्या गर्दै रास्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल भएको बताए। […]

२०८१ पुष २० गते, शनिबार

नेकपाद्वारा ‘निर्वाचन व्यवस्थापन विभाग’ गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले ‘निर्वाचन व्यवस्थापन विभाग’ गठन गरेको छ। सो पार्टीले स्थायी समिति सदस्य कर्णाली प्रदेशका इञ्चार्ज सुशील सीकाे नेतृत्वमा ३ सदस्य रहेको ‘निर्वाचन व्यवस्थापन विभाग’ गठन गरेको बताइएको छ । विभागका अन्य सदस्यहरुमा चिरन्जीवि सी र […]

२०८१ पुष १९ गते, शुक्रबार