मुख्य समाचार

३३ दलीय मोर्चाको १८ बुँदे माग (पूर्णपाठसहित)

काठमाडौं, २२ साउन। नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँगको औपचारिक वार्तामा २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र राजनीतिक समिति खारेज, मंसिर ४ को चुनावी प्रक्रिया स्थगित र संयुक्त सरकर गठनको माग राखेकोछ । दलहरुबीच नयाँ सहमतिको विकल्प नभएको भन्दै ३३ दलीय मोर्चाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु पर्ने माग गरेको हो […]

२०७० श्रावण २२ गते, मंगलवार

३३ दलिय मोर्चासग भोलि वार्ता हुने

काठमाडौ , २१ साउन – उच्चस्तरीय राजनीतिक समितिको बैठकले भोलि नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चा , उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।भोलि हुने वार्तामा असन्तुष्ट दलहरूले राख्दै आएका सबै मागका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । संविधानसभाको आकार बढाउनुपर्ने, […]

२०७० श्रावण २१ गते, सोमबार

निसर्त वार्ताको लागि पत्राचार

काठमाण्डौं, २० साउन, । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी सहितका दलहरुलाई वार्तामा आउन पत्र पठाएको छ ।उच्चस्तरीय राजनीतिक समिति बैठकमो निर्णय अनुसार समितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिठी पठाएका हुन् । नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई सम्वोधन गरि आज बिहान पत्र पठाइएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । शनिबार बसेको उच्चस्तरीय राजनीतिक […]

२०७० श्रावण २० गते, आईतवार

लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरण : बादल

काठमाडौ, १९ साउन । खेम थपलियाद्धारा लिखित ‘वर्गसंघर्षमा दुई लाइन संघर्ष’ शिर्षकको पुस्तक विमोचन गर्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले नेपालमा प्रतिक्रियावादीहरुले लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरणको मुद्दा उठाई रहेको दावी गरेका छन् । संवाद डवलीमा भएको सो कार्यक्रममा बादलले चुनावको नाममा सिक्किमीकरणको मुद्दा कार्यान्वयन गर्न लागेको चुनावको बहिस्कार नै अहिलेको जनताको प्रिय साहित्य […]

२०७० श्रावण १९ गते, शनिबार

३३ दलीय मोर्चा वार्तामा बस्न तयार

काठमाडौं, १८ साउन। नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सरकारसँग वार्तामा बस्न तयार भएको छ । सरकारले बुधबार निर्शत वार्तामा बस्न आहृवान गरेपछि शुक्रबार बसेको ३३ दलहरुको बैठकले वार्तामा बस्ने औपचारिक निर्णय गरेको हो ।तर, सरकारको पत्रमा ‘३३ दलीय मोर्चा’ प्रष्ट किटान नभएकाले यसलाई थप सम्बोधन गर्नु पर्ने ३३ दलको सर्त छ । बैठकपछि माओवादी सचिव […]

२०७० श्रावण १८ गते, शुक्रबार

चार दलकै कारण चुनाव बहिष्कार : किरण

ललितपुर, १८ साउन – अखिल नेपाल शिक्षक सङ्गठनको दुईदिने प्रथम केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार दलको उच्चस्तरीय राजनीतिक समितिको व्यवहारको कारण चुनावको बहिष्कार गर्नुपरेको बताएका छन्। किरणले एमालेले अशोक राईको समूहलाई, गच्छदारले उपेन्द्र यादवलाई र एमाओवादीले आफूहरुलाई वार्तामा आउन नदिन बारबन्देज लगाएको बताए ।“जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई […]

२०७० श्रावण १८ गते, शुक्रबार

देशभर निर्वाचन आचारसंहिता जलाइयो

काठमाण्डौं , १७ साउन। आसन्न संविधानसभाको चुनाव बहिष्कार गर्ने घोषणा गरी संर्घषका कार्यक्रम गदै आएको नेकपा-माओवादी लगायत ३३दलिय मोर्चाले निर्वाचन आंचारसंहिता जलाएको छ । निर्वाचन आयोगले साउन १७ गतेबाट जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७०’ नेकपा-माओवादी र उसको ३३ दलिय मोर्चाले आज देशभर जलाएका हुन् । पूर्वघोत कार्यक्रमअनुसार आफूहरूले आचारसंहिता जलाएको मोर्चाले जनाएको छ । यथास्थितिमा […]

२०७० श्रावण १७ गते, बिहीबार

प्रचण्डलाई राष्ट्रपतिको झापड निर्वाचनमा कुनै दल छुट्नु हुँदैन

काठमाण्डौं , १७ साउन।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग शीतल निवासमा भएको भेटमा राष्ट्रपति डा. रामबरण यादबले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताएका छन् ।राष्ट्रपति यादबले दलहरुबीच भइरहेको छलफलको निष्कर्षका बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गरेका हुन् ।उनले निर्वाचनको विपक्षमा रहेका दलहरुसँग […]

२०७० श्रावण १७ गते, बिहीबार

वार्ता प्रति माओवादी सकारात्मक

काठमाडौ, १७ साउन – सरकारले दोश्रो पटक पत्र पठाएपछि नेकपा -माओबादी बार्ताका लागि सकारात्मक भएको जनाएको छ ।यसअघि सर्त सहितको पत्र पठाएको भन्दै अस्विकार गरेको माओबादी सरकारले बुधबार पठाएको दोश्रो पत्रमा निसर्त बार्ताको आह्वान गरेपछि सकारात्मक देखिएको हो । मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाटै समाधान हुने भन्दै सरकारले नेकपा माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन […]

२०७० श्रावण १६ गते, बुधबार

चार दल नै वार्ता चाहदैनन् : विप्लव

नेपालगञ्ज , १६ साउन,। क्रान्तिकारी पत्रकार महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चारदलले नेकपा-माओवादी वार्ता र सहमतिमा नआओस भन्ने मनसाय राखेको बताएका छन् ।‘चार दलले नै माओवादी वार्तामा आओस् भन्ने चाहेको छैन । मओवादीले बार्ताटोली घोषणा गर्दासमेत चारदलले वास्ता गरेन’ विप्लवले भने -’अर्कोतिर वार्तामा बोलाउँदा पनि भन्दा निशर्त भनियो […]

२०७० श्रावण १६ गते, बुधबार