विचार

चुनावको मूल्याङ्कन र नेपालको परराष्ट्र नीतिका बीचको सम्बन्ध

हालै सम्पन्न भएको चुनावको मूल्याङ्कन र वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीतिका प्रश्नहरू अहिलेका धेरै गम्भीर राष्ट्रिय महŒवका प्रश्नहरू हुन् । नेपालमा चुनाव धेरै पल्ट हुने गरेका छन् र नेपालको परराष्ट्र नीतिको प्रश्न पनि सँधै महŒवपूर्ण र विचारणीय प्रश्न रहने गरेको छ । तर अहिले जुन चुनाव सम्पन्न भएको छ, त्यसको राजनीतिक प्रकृति पहिले सधँैभन्दा बेग्लै […]

२०८२ चैत्र २९ गते, आईतवार

पाषाण युगको सत्य र अमेरिकी साम्राज्यबादको आजको प्रबृत्ति

अमेरिकी राष्ट्रपतिले ईरानमाथि इज्रायलसँग मिलेर गएको २८ फेब्रुअरीका दिन हमला गरेको पाँच हप्ता बित्न लागेको छ । त्यो हमला गरेको भोली पल्टै ईरानका सर्बोच्च नेता आयातुल्ला अली खोमेनई लगायतका उच्च अधिकारीलाई मारेपछि ईरान गलिहाल्छ भन्ने सोचेर उनले गरेको हमला यसरी महिना दिन बितिसक्दा ईरानले दृढ प्रतिरोध गरे पछि र उनले राखेको तथाकथित झूटो बार्ता प्रस्ताबलाई […]

२०८२ चैत्र २५ गते, बुधबार

जेन–जी विद्रोहदेखि बालेन सरकारसम्म

जेन–जी विद्रोह हामीले जेन–जी विद्रोहको सही श्लेषण गर्न जरुरी छ । जेन–जी आन्दोलनको उद्देश्य सत्तापलट थियोे त भन्ने प्रश्नले नै धेरै कुराको उत्तर दिन्छ । यो आन्दोलनको स्वरुप कस्तो थियो भन्ने अर्को प्रश्न हो । आन्दोलनमा कसलाई प्रयोग र दुरुपयोग गरियो भन्ने अर्को प्रश्न हो । आन्दोलनको मुख्य कमान्ड वा नियन्त्रण कक्ष कहाँ र कसमा […]

२०८२ चैत्र २३ गते, सोमबार

प्रधानमन्त्री बालेन्द्रको ट्रम्प शैली र ट्रेड यूनियनको विवाद

नेपालको राजनीतिमा विचित्रका कुराहरु देखिन थालेका छन् । गत फागुन २१ को निर्वाचनमा बहुमत प्राप्त गरेपछि रास्वपाले आफ्नो पार्टीका नवप्रवेशी नेता बालेन्द्र शाहलाई पार्टीको संसदीय दलको नेता र देशको कार्यकारी प्रमुख बनाएको छ । उहाँले आपूm निर्णायक पदमा पुग्नासाथ एकातिर दलीय व्यवस्था भएको मुलुकमा त्यस विपरीतका कुराहरु अगाडि सार्न थाल्नु भएको छभने अर्कातिर कतिपय प्रशंगमा […]

२०८२ चैत्र २३ गते, सोमबार

साम्राज्यवाद, बिकसित प्रविधि र बिश्व एकाधिकारको बढ्दो संकट

लोकनाराण सुबेदी बर्तमान बिश्व साम्राज्यबाद चरम बिघटनको सम्भबतः अन्तिम चरणबाट गुज्रिरहेको छ र त्यसबाट जोगिन र अझै एकाधिकार जमाउन साम्राज्यबादले असफल प्रयत्न गरिरहेको छ । पछिल्लो भेनेजुएलामाथिको सैनिक हमला त्यहाँका राष्ट्रपति निकोलस मधुरो दम्पत्तिको अपहरण तथा अहिले ईरानमाथि अमेरिकी–इज्रायली भिषण संयुक्त हमला त्यही बिश्व बर्चश्वको तीब्रतम अभिब्यक्ति हो ।यहा साम्राज्यबादले स्वयमलाई टिकाउन कसरी निरन्तर प्रयत्न […]

२०८२ चैत्र २३ गते, सोमबार

नेपालमा बित्तीय पूँजीवादले निम्त्याएको संकट र यसको समाधान

हाम्रो देश अनेक जैबिक बिबिधता र महत्वपूर्ण प्राकृतिक श्रोतसाधानहरुले सम्पन्न भइकन पनि तिनको उचित सदुपयोग बिना बिकासले सार्थक परिणति ल्याउन र पाउन सकेको छैन । बरु बित्तीय पूँजीवादले गाँजेर बिकासलाई गलत बाटोमा हिडाए को छ र जनता र देशका आधारभूत दैनिक जीवनका समस्या पनि हल गर्न नसक्ने र दिनप्रति दिन परनिर्भताको पासोमा  परेर निरन्तर पंगु, […]

२०८२ चैत्र २० गते, शुक्रबार

कुअन्नबाट श्रीअन्नमा उन्नय भएको बाली कोदो

संयुक्त राष्ट्र संघको महासभाले तीन बर्ष पहिला अर्थात २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष’(मिलेट इयर) घोषणा गरेको थियो । हुन पनि कोदोमा रहेका महत्पूर्ण खाद्य तत्वहरू र प्रतिकूल अवस्थामा पनि उत्पादन हुन सक्ने यसको क्षमता तथा यसमा रहेका स्वास्थ्यसम्बन्धी महत्वपूर्ण गुणका कारण यो अपहेलित र ‘गरिबको खाना’ भनेर चिनिने अन्न बाली कोदोलाई ‘कुअन्न’ भन्न छोडेर ‘श्रीअन्न’ […]

२०८२ चैत्र १६ गते, सोमबार

रास्वपाको सरकार र प्रतिशोधको राजनीति

रास्वपाका नयाँ नेता बालेन्द्र शाह गत साता शुक्रबारबाट नेपालको ४७ औं प्रधानमन्त्री बन्नुभएपछि शनिबारबाटै प्रतिशोधको राजनीति शुरु भएको छ । गत भदौ २३ र २४ गते नेपालमा नाटकीयरुपमा भौतिक विध्वंश भएको थियो । केवल सरकार परिवर्तनका लागि त्यसरी भएभरको राष्ट्रिय सम्पतिमा आगो लगाउनुपर्ने कुनै कारण थिएन । भदौ २३ गते आन्दोलनको आयोजना गरेको भनिएका समूहहरुले […]

२०८२ चैत्र १६ गते, सोमबार

 पेरिस कम्युन सर्वहारावर्गको आदर्श

सन्दर्भ ः २१२ औँ पेरिस कम्युन वर्षगाँठ   पेरिस कम्युन मानिसलाई वर्ग–शासनबाट सधैँको लागि मुक्त पार्ने महान् सामाजिक क्रान्तिको प्रभात थियोे र आफ्नो कम्युनसहित मजदुरहरुको पेरिस एउटा नौलो समाजको गौरवशाली अग्रणीको रुपमा हमेशा जन–सम्मानको पात्र बनिरहनेछ । त्यसका शहिदहरुले मजदुर वर्गको महान् हृदयमम सदाको लागि ठाउँ ओगटेका छन् – कार्ल माक्र्स  पेरिस कम्युन सोभियत सत्ताको […]

२०८२ चैत्र १४ गते, शनिबार

बाम एकता आजको मुख्य आवश्यकता

नेपालमा वाम एकता सधैको आकर्षक नारा तर कहिल्यै कार्यान्वयन हुननसक्ने प्रस्ताव बनेको छ । खासगरी गत फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएका दलहरुले पनि नराम्ररी पराजय भोग्नुपरेको र बहिष्कार गरेका दलहरुले पनि सफलता पाउन नसकेपछि अब नेपालमा कम्युनिष्ट पार्टीहरुको भविष्य के हुन्छ ? भन्ने गम्भिर प्रश्न उठेको छ । घटनाक्रमहरुलाई केलाउँदा क्रान्तिकारी, मध्यपन्थी र […]

२०८२ चैत्र १० गते, मंगलवार