विचार

जनयुद्धको आधार क्षेत्रहरुमा अमेरिकी चासो

जनयुद्धको आधार क्षेत्रमा अमेरिकी चासो किन भन्ने विषय नेपालको राजनीतिक इतिहाससँग घनिष्ट रूपमा जोडिएको छ । २०५२ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सुरु गरेको सशस्त्र जनयुद्धले देशका धेरै ग्रामीण तथा दुर्गम क्षेत्रलाई “आधार क्षेत्र” का रूपमा विकास ग¥यो । यी क्षेत्रहरूमा वैकल्पिक सत्ता संरचना, जनसरकार, जनअदालत र समानान्तर प्रशासन सञ्चालन हुन थाले । यही […]

२०८२ चैत्र १० गते, मंगलवार

नेपालका कम्युनिष्ट आवरणका नेताहरुले गोञ्जालोबाट सिक्नु पर्ने पाठ

सबैले अवश्य मर्नुपर्छ, तर मर्नुको अर्थ फरक–फरक हुन्छ । प्राचीन चिनियाँ साहित्यकार जुमा चेनले भनेका थिए, “सबैमाथि मृत्यु आए तापनि यो ताई पहाडभन्दा गह्रौं अथवा प्वाँखभन्दा हलौं पनि हुन सक्छ ।” जनताको निम्ति मर्नु ताई पहाडभन्दा गह्रौं हुन्छ, तर फासिष्टहरुको निम्ति काम गर्नु र शोषक र थिचोमिचो गर्नेछहरुको निम्ति मर्नु प्वाँखभन्दा पनि हलौं हुन्छ ।– […]

२०८२ चैत्र ९ गते, सोमबार

२८औं सांस्कृतिक प्रतिरोध दिवस : एक संक्षिप्त टिप्पणी

आज चैत्र ५ सांस्कृतिक प्रतिरोध दिवस !राजधानी काठमान्डौ उपत्यकासँग सटेको काभ्रे जिल्लाको अनेकोटमा निहत्था कलिला जनकलाकार प्रतिभाहरु च्याङ्बा लामा, मञ्जु कुँवर, चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र निर्मला देवकोटाले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा उच्च शहादत प्राप्त गरेको २८ बर्ष पुगेको दिन !२०५२ फागुन १ देखि नेपाल र नेपाली जनताको […]

२०८२ चैत्र ५ गते, बिहीबार

नयाँ सरकारका बहुआयामिक र चुनौतीपूर्ण कार्यभारहरु

नेपालमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि नयाँ संसद र सरकार गठनको प्रयास तीब्रभएको छ । अब प्रतिनिधिसभामा छवटा दलमात्र रहने भएका छन् । प्रत्यक्ष र समानुपातिक निर्वाचनको मतगणनापछि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ । रास्वपाको प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सहित १८२ सांसद रहने भएका छन् । जसले संविधानको धारा […]

२०८२ चैत्र ३ गते, मंगलवार

कार्ल मार्क्स र दास क्यापिटल

‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ जस्तो सुप्रसिद्ध र बिश्वलाई नै अपूर्ब नयाँ मोड दिने र नयाँ दिशाबोध गराउने महान ग्रन्थका लागि अध्ययन सामाग्री जुटाइरहेका, अध्ययन गरिरहेका र लेखिरहेका बेला कार्ल मार्क्स गहन र गम्भीर महत्वका सैद्धान्तिक खोज अनुसन्धान र अध्ययनमा गम्भीर र गहिराइपूर्बक लागेका थिए नै । तर यसरी अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक अध्ययनमा समर्पित रहेका बेलामा […]

२०८२ फाल्गुन ३० गते, शनिबार

धर्म के हो र यसलाई कसरी बुझ्ने ?

धर्म स्वभावसँग जोडिएको विषय हो स्वभाव भनेको व्यवहार हो जब तपाईं धर्मलाई ब्यवहारबाट अलग गरी निजी स्वार्थमा प्रयोग गर्नु हुन्छ भने त्यो धर्म भूmठको पुलिन्दा बन्न जान्न्छ दुनियाँमा जनसंख्या बृद्धि सँगै पुरै समाजलाई जोड्नु नै सनातनी मर्यादा हो भनेर यसको जन्म भएको हो अहिले धर्मलाई मानेकाहरु स्वयम यसको विपरीत दिशा समातेका छन् भने पूँजीबादले यसलाई […]

२०८२ फाल्गुन २५ गते, सोमबार

 अधुरै छन् अन्तर्राष्ट्रिय श्रमिक महिला मुक्ति आन्दोलनका सपनाहरु

इतिहासको अलिकति पनि ज्ञान भएको जो कसैलाई पनि थाहा हुनुपर्छ कि महान् सामाजिक परिवर्तनहरु महिला विद्रोही बीना असंभव हुन्छ । – कार्ल माक्र्स महिलाहरुको व्यापक सहभागीता बीना समाजवादको स्थापना असंभव छ ।– भ्लादीमिर इल्यिच लेनिन महान् समाजवादी समाजको निर्माणको लागि महिलाहको ठूलो समुहलाई उत्पादन कार्यमा सम्मिलित गराउन, जागृत तुल्याउने कार्य सबैभन्दा महत्वपूर्ण छ । उत्पादनमा पुरुष […]

२०८२ फाल्गुन २४ गते, आईतवार

रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा

बिश्वमा चलिरहेका शोषण र अन्यायका बिरूध्द खाशगरी असमानतामा आधारित श्रमजीबी महिलाहरूका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने ऐतिहासिक महत्वको निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । यो क्रममा अगाडि बढ्दै गएर छ बर्षपछि […]

२०८२ फाल्गुन २४ गते, आईतवार

भारतमा चरम दमन खेपिरहेका माओवादीहरुको अवस्था

नेपालमा आगामी २१ गते संसदीय निर्वाचन हुँदैछ । त्यसैमा नेपालको समग्र राजनीति रुमलिएको छ । ०५२ सालबाट जनयुद्ध शुरु गरेका माओवादीका कमाण्डर पुष्पकमल दाहालले माओवादी पार्टी र माओवाद परित्याग गरेर नयाँ एमाले बन्ने प्रयासमा रहेको अवस्था छ । अर्का माओवादी नेता डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टी र राजनीति त्यागेको वर्षौ भइसकेको छ भने उहाँले आगामी […]

२०८२ फाल्गुन २० गते, बुधबार

 सहिदका सपना र अधुरो नयाँ जनवादी क्रान्ति

महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हँुदै महान् वैज्ञानिक साम्यवादसम्म पुग्ने उद्देश्यका साथ कमरेड पुष्पलालको नेतृत्वमा सम्वत २००६ साल वैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियोे । आगामी २०८३ साल बैशाख १० गते महान् नेपाली कम्युनिष्ट आन्दोलनले ७७ वर्ष पुरा गर्दैछ । […]

२०८२ फाल्गुन २० गते, बुधबार