राजनीति

सुदूरपश्चिममा आमहडताल !

काठमाडौँ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समिति कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहडताल गरेको छ। हडतालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा रात्रिकालीन सवारीसाधन भित्रिने क्रम भने जारी रहेको प्रदेश […]

२०८० जेष्ठ २८ गते, आईतवार

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय लागु गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोले कैलालीको गेटामा निर्माणाधीन सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानमा झार्ने र बिश्वविद्यालय हुन नदिने गरि सरकारले बजेट बक्तव्य मार्फत गरेको निर्णयले सुदुरपश्चिमबासीहरुको चाहानाको उपेक्षा गरेको भन्दै बिरोध जनाएको छ। नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगतसिंह सीद्वारा शनिबार जारी प्रेस बिज्ञप्ती मार्फत नेपाल कम्युनिस्ट पार्टीले […]

२०८० जेष्ठ २७ गते, शनिबार

‘सी जाति’बारे अन्तरक्रिया हुँदै

काठमाडौं । । नेपाल कम्युनिष्ट पार्टी बाँकेले सी जातिका बारे नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । शुक्रवार नेकपाको कोहलपपुर नगरकमिटीको एकताको विशेष वैठकमा सो जानकारी गराईएको हो । नेकपा बाँकेले यो निर्णय जिल्ला कमिटीको वैठकबाट पारित गरेको भएपनि थप तयारीका लागि कोहलपुर नगरकमिटीको बैठक मार्फत ठोस योजना तय गरेको छ ।श्रमिक समुदाय मोर्चा नेपालको […]

२०८० जेष्ठ २७ गते, शनिबार

सर्वोच्चद्वारा नागरिकता विधेयकको प्रति मगाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति मगाउन आदेश दिएको छ ।न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको प्रति मगाउने आदेश दिएको हो । सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको प्रति मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सो रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठनको हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठन नेपालको हुने बताएका छन् । युवा संगठन नेपाल छैठौ पूर्ण बैठकलाई सम्बोधन गर्दै नेतृ शिलुले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्नका लागि युवाहरूको अग्रहणी भूमिका रहने समेत बताइन् । उनले आफ्नाे पार्टीको नेता, […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

कामपाका मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि त्यसलाई काउन्टर दिदै मेयर शाहको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखेका हुन् । मेयर शाहले पत्नीको उपचारका लागि भारतको बैंगलौर जानुअघि यो नक्सा राख्न […]

२०८० जेष्ठ २५ गते, बिहीबार

टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने जिम्मेवारी नेकपाको काँधमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने मुख्य जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको वताएका छन । बुधवार नेकपा कालिकोटको एकताको बिशेष बैठकलाई जिल्लाको शान्नितिवेणी गाउँपालिकामा सम्वोधन गर्दै केन्द्रीय सदस्य विराटले यस्तो वताएका हुन। कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक समेत रहनु भएका नेता विराटले भने “टुटफुट भएको कम्युनिस्ट […]

२०८० जेष्ठ २५ गते, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्वको सचिवमा जुद्ध सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्व जिल्लाको प्रथम सम्मेलनले जुद्ध सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जनक्रान्तिको आन्दोलन , जन आधारित पार्टी र नेतृत्व निर्माणका लागि प्रथम जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । नेकपाका केन्द्रीय सदस्य तथा […]

२०८० जेष्ठ २४ गते, बुधबार

अखण्ड भारतको नक्साको बिरोधमा मसाल जुलुस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएकोमा बिरोध जनाउदै मंगलबार साँझ काठमाडौमा मसाल जुलुस प्रर्दशन गरेका छ्न। मोर्चाका नेता -कार्यकर्ताले काठमाडौँको कमलादीदेखि शान्तिवाटिकासम्म मसाल जुलुस गरेका हुन। मसाल जूलूसको क्रममा प्रहरी हस्तक्षेप हुदा सामान्य झडप समेत भएको थियो ।मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा […]

२०८० जेष्ठ २४ गते, बुधबार