राजनीति

अखिल नेपाल क्रान्तिकारी महिला संघ कास्कीको अध्यक्षमा दिपा लामा

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी महिला संघ कास्कीको प्रथम भेलाले दिपा लामाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा पुर्णा खड्का, सचिवमा चन्द्राकला पौडेल, सह—सचिवमा रुपा परियार र कोषाध्यक्षमा मिना विश्वकर्मालगायत रहेका छन।२२ औं जेलब्रेक दिवसको अवसर पारेर कास्कीको पोखरामा सम्पन्न भएको उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका पोलिटव्युरो सदस्य तथा पश्चिम गण्डक […]

२०७९ चैत्र १८ गते, शनिबार

गोर्खा जेलब्रेक ऐतिहासिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माले बिगतका बलिदानलाई बर्तमानका प्रतिरोध आन्दोलनसंग जोडनु पर्छ भन्ने हावर्ड फास्टको भनाईलाई उदृत् गर्दै गोर्खा जेलब्रेक ऐतिहासिक भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी गोर्खाद्वारा आयोजित २२ औ जेल ब्रेक दिवस समारोहलाई सम्बोधन गर्दै नेता अनिलले सो कुरा बताएका हुन्। उनले संसारभरिका बिरलै घटनाको रूपमा मानिएको […]

२०७९ चैत्र १८ गते, शनिबार

अ.ने.म.संघ क्रान्तिकारी बाँकेको अध्यक्षमा महिमा सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेको १२ औँ जिल्ला सम्मेलनले महिमा सीलाई अध्यक्षमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पुष्पा शर्मा , सचिवमा अमृता वली, सहसचिवमा पबित्रा सुनार र कोषाध्यक्षमा ज्योती सुनारलाई सर्वसम्मत निर्वाचित गरेको छ ।कोहलपुर घरेलुको सभाहलमा सम्पन्न सम्मेलनको उद्घाटनमा आयोजक समितिका संयोजक महिमा सीको अध्यक्षता संगठनका केन्द्रिय […]

२०७९ चैत्र १७ गते, शुक्रबार

अ.ने.कि.म. (क्रान्तिकारी) बर्दियाको संयोजकमा पहलमान सी

काठामाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) बर्दियाको भेलाले पहलमान सीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज हिमशिखरकाे प्रमुख आतिथ्यता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) बर्दियाका जिल्ला संयाेजक पहलमानकाे अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय संयाेजक काली बहादुर सी, पार्टीका जिल्ला सेक्रेटरी […]

२०७९ चैत्र १६ गते, बिहीबार

नेकपाद्वारा प्रदेश नम्बर १ को पहिचान पक्षधरको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर १ को नामाकरणको बिषयमा पहिचान पक्षधर जनताको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। सो पार्टीको प्रदेश १ अन्तर्गतका ४ ब्युरो प्रमुखहरु उत्तर मेची कोशी ब्युरो प्रमुख देब गुरुङ , मेची ब्युरो इन्चार्ज सुमनसिंह, सगरमाथा ब्युरो प्रमुख शैलेश क्षेत्री र कोशी ब्युरो इन्चार्ज दिपेश राईले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा […]

२०७९ चैत्र १५ गते, बुधबार

साम्राज्यवादीको दुधमा भुलेर माओवादी आन्दोलनको रक्षा हुँदैन’

काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सबिनले काङ्ग्रेसको काखमा बसेर साम्राज्यवादीहरुको दुधमा भुलेर माओवादी आन्दोलनको रक्षा नहुने बताउदै सबै सच्चा माओवादी घटकहरुलाई नेतृत्वको नेकपा वरिपरि गोलबन्ध हुन आव्हान गरेका छन । रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडिज्युला बजारमा आयोजित वैज्ञानिक समाजवादका लागी सामना जनसाङ्गित अभियानलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन्। […]

२०७९ चैत्र १५ गते, बुधबार

‘वैज्ञानिक समाजवादमा तीन चरण हुन्छन्’

काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जनसरकार प्रमुख विषम सीले वैज्ञानिक समाजवादमा तीन चरण हुने बताएका छन् । नेकपाको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङमा प्रशिक्षण दिदै विषमले वैज्ञानिक समाजवाद आएपछि समाजवाद तीन चरणसम्म रहने बताएका हुन् ।पहिलो र तेस्रो चरण संक्रमणकालिन समाजवाद हुने र बिचको चरणमा समाजवादको भरपुर उपयोग हुने उनको भनाई थियो […]

२०७९ चैत्र १५ गते, बुधबार

बैंक, सहकारी र लघुवित्तको ज्यादती नियन्त्रण गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भृकुटी सीले बैंक, सहकारी र लघुवित्तको ज्यादती नियन्त्रण आग्रह गर्दै अन्यथा नेकपा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएकी छन् । मंगलबार कुलेश्वर काठमाडौंं स्थित महिला सहकारी संस्थमा ज्ञापन पत्र बुझाइ चर्को ब्याज विरूद्ध राखिएको भन्डाफोर कार्यक्रमलाई सम्वोधन गर्दै भृकुटी सीले सो चेतावनी दिएकि हुन् ।उनले बैंक, सहकारी […]

२०७९ चैत्र १५ गते, बुधबार

मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं । सरकारले मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका […]

२०७९ चैत्र १४ गते, मंगलवार

मिटर ब्याज पीडितद्वारा ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

काठमाडौं । मिटर ब्याज पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै नाराबाजी गरेका छन् ।मिटर ब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध उनीहरुले नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।आज बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर […]

२०७९ चैत्र १४ गते, मंगलवार