राजनीति

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री के.पी. शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच ग्रेट हल अफ पिपलमा दुई पक्षीय भेटवार्ता पछि आपसी सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको […]

२०८१ मंसिर १८ गते, मंगलवार

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङ् बीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गरेका छन् ।प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यलाई परिचय गराएका […]

२०८१ मंसिर १८ गते, मंगलवार

‘भिभिआइपी’ बिदाइ र स्वागतमा पदाधिकारी सङ्ख्या घटाइयो

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ ।मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा कार्यान्वयनमा आएको गृह मन्त्रालयले स्पष्ट गरेको छ ।कार्यविधि संशोधनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा÷आउँदा […]

२०८१ मंसिर १७ गते, सोमबार

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन् । ओली बेइजिङ प्रस्थान गरेसँगै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम ओली नआउन्जेल सिंहले गर्ने छन् […]

२०८१ मंसिर १७ गते, सोमबार

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । उनको टोली साँझ ६ बजेर १० मिनेटमा […]

२०८१ मंसिर १७ गते, सोमबार

लिलाबल्लभ विरुद्धको रिट दर्ता अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश भएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करी मुद्दामा मुछिएका ११ जनाविरुद्ध अभियोग पत्र दायर गर्दै पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको थियो ।सत्ताको छायाँमा परेर पूर्वमन्त्री अधिकारीलाई मुद्दा अभियोजन गर्ने […]

२०८१ मंसिर १६ गते, आईतवार

‘बीआरआईलाई स्वीकार गर्नुपर्छ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताएका छन ।चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले भने- […]

२०८१ मंसिर १५ गते, शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ।मन्त्रालयले प्रधानमन्त्रीले डिसेम्बर २ देखि ५ (मंसिर १७ देखि २० गते) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्। समकक्षी ली छ्याङसँग प्रधानमन्त्री ओलीले पारस्परिक […]

२०८१ मंसिर १४ गते, शुक्रबार

सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउने गतिविधि नगर्न चेतावनी दिएको छ । मन्त्रालयले सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न जोकसैलाई कानूनी कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको हो ।सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच […]

२०८१ मंसिर १४ गते, शुक्रबार

उपनिर्वाचन : आजबाट मौन अवधि शुरु हुँदै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुने जनाएको छ । आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने जनाएको हो ।निर्वाचन स्वच्छ र निष्पक्ष होस् भन्ने उद्देश्यले आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि लागू गर्ने व्यवस्था गरेको छ । […]

२०८१ मंसिर १३ गते, बिहीबार