राजनीति

अ.ने.म.संघ क्रान्तिकारीले चेलीबेटी बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने

काठमाण्डौ । अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका ब्युरोको पहिलो बैठक सम्पन्न भएको छ । संघकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले बढ्दो चेलिबेटी बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । ‘अनेमसंघ क्रान्तिकारी उपत्यका व्युरोको पहिलो बैठक बस्यो । बैठकले बढ्दो चेलिबेटी बेचबिखन विरुद्ध सङ्घर्ष […]

२०८० बैशाख ३ गते, आईतवार

जनमत पार्टी सरकारमा जाने सम्भावना समाप्त

काठमाडौं । जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा चित्त नबुझेपछि सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा फर्काउन प्रयासरत भएपनि कांग्रेसलाई थप मन्त्रालय दिनुपर्ने भएपछि सरकारमा आउने जनमतको सम्भावना सकिएको हो । जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउने छ । […]

२०८० बैशाख २ गते, शनिबार

नेकपा पाँचथरद्वारा दोश्रो चरणको आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । सो पार्टीका पाँचथर इञ्चार्ज सन्तोष सि र सेक्रेटरी हुकुम सि ले बिज्ञप्ति जारी गर्दै बैशाख २ गते शनिबारबाट दोस्रो चरणको आन्दोलन थाल्ने र लघुवित्त संस्था र कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेका छन ।बिज्ञप्तिमा वित्तीय संस्थाहरुले किस्ता उठाउने वहानामा गाउँ गाउँमा गएर ऋणिलाई […]

२०८० बैशाख १ गते, शुक्रबार

‘विभेदको मुख्य कारण दलाल पुँजीवाद’

काठमाडौ । श्रमिक समुदाय बिभागद्वारा ललितपुरमा आयोजित अन्तर्कृयाका बक्ताहरुले समाजमा रहेको बिभेद, जातीय छुवाछूत र उत्पीडनको मुख्य कारण दलाल पुजीवादी संसदीय व्यवस्था भएको बताएका छन ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य सन्तोष सीले देशको सम्पूर्ण विभेद र उत्पिडनको मुल कारण अहिलेको दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको बताएका छन्। विहबार ललितपुरकाे लगनखेलमा नेपाल कम्युनिस्ट पार्टी […]

२०८० बैशाख १ गते, शुक्रबार

बालेन शाहलाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव

काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् ।संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी […]

२०७९ चैत्र ३० गते, बिहीबार

नेकपा कालिकोटका सदस्य दाेभान र प्रकाश रिहा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटका जिल्ला कमिटी सदस्य दुर्ग बहादुर बाेहाेरा (दाेभान) र युवा संगठन जाजरकोटका पदम पुन (प्रकाश) कालिकाेटबाट रिहा भएका छन । नरहरिनाथ गाउँपालिका ८ का दुर्ग बहादुर बाेहाेरा (दाेभान) र भेरि नगरपालिका २ का पदम पुन (प्रकाश) कालिकोट जिल्ला अदालतले बुधबार रिहा गर्न आदेश दिएपछि दुवैजना रिहा भएका हुन ।दलाल संसदीय […]

२०७९ चैत्र ३० गते, बिहीबार

सरकार र मिटरब्याज पीडित वार्ता भंग

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको […]

२०७९ चैत्र ३० गते, बिहीबार

नेकपा इलामद्वारा श्रीअन्तुको ठेक्का बदर गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी इलामले सुर्योदय नगरपालिकाले पर्यटकिय स्थल श्रीअन्तुको प्रवेश शुल्कलगायतको आयश्रोत कब्जा गरेको भन्दै बिरोध जनाएको छ। नेकपा इलामका इन्चार्ज मौसम र सचिब नवराजले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकाको निर्णयको बिरोध जनाएका हुन् ।इन्चार्ज मौसम र सचिब नवराजले श्रीअन्तु डांडा पर्यटन सामुदायिक बन उपभोक्ता समुहको बन क्षेत्रभित्र २०७२ मा मेची […]

२०७९ चैत्र २९ गते, बुधबार

सामनाका कलाकारद्वारा बैज्ञानिक समाजवादको पक्षमा जनलहर निर्माण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध सामना कलाकारले आफ्नो ३३ दिन लामो अभियानको आवधिक समिक्षा गर्दै अभियानले देशको संकटकोअहिलेको मुख्य समस्याको श्रोतको रूपमा रहेको संसदवादको भण्डाफोर र बैज्ञानिक समाजवादको पक्षमा जनलहर निर्माण गर्न सफल रहेको निष्कर्ष निकालेको छ। कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा आज सम्पन्न समिक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो। नेपाल कम्युनिस्ट पार्टीको […]

२०७९ चैत्र ३० गते, बिहीबार

चीनबाट विस्फोटक पदार्थ आयात

काठमाडौं । व्यवसायीले होङ्सी शिवम् सिमेन्ट र ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाका लागि चीनबाट विस्फोटक पदार्थ आयात गरेका छन । भारतले चिनियाँ कम्पनी संलग्न आयोजनालाई विस्फोटक पदार्थ आयातको अनुमति नदिएपछि व्यवसायीले चीनबाट ल्याउन थालेका हुन् । चीनको ल्हासाबाट पहिलो पटक ९० टन विस्फोटक पदार्थ आएको हो । यसअघि चीनले नेपाललाई विस्फोटक पदार्थ दिएपनि भारतको सहमतिका कारण […]

२०७९ चैत्र २९ गते, बुधबार