राजनीति

कांग्रेसद्वारा प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा माग

काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयकाअनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत […]

२०७९ माघ ८ गते, आईतवार

महासचिव विप्लवद्वारा हुम्लाका अंक बुढाको निधनप्रति शोक व्यक्त

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य निर्माण र अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य सिङ्ग बुढाका ७९ वर्षीय बुवा अंक बुढाको निधनप्रति गहिरो दुख प्रकट गर्दै शोक व्यक्त गरेका छन।आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले बुढाको निधनले पार्टी , पार्टीका नेताकार्यकर्ता र नेतृत्वलाई दुखित तुल्याएको भन्दै शोक व्यक्त […]

२०७९ माघ ८ गते, आईतवार

नेकपाको जारी केन्द्रिय समिती बैठकमा धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको गत मंगलवारवात्सुरु भएको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्न क्रम जारी रहेको छ। महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव र आ आफ्नो कार्यक्षेत्रको कामको उपलब्धि ,समस्या, सम्भावना र चुनौतीको बिश्लेषण गर्दै केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन। नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु स्थित कार्यालयमा जारी बैठकमा पछिल्लो जानकारी […]

२०७९ माघ ६ गते, शुक्रबार

सरकार चरम नश्लवादीहरूको झुण्ड !

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई चरम नश्लवादीहरूको झुण्ड भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले वर्तमान सरकारले पूरै मधेशी र थारूलाई बहिष्करण गरेको पनि टिप्पणी गरेका छन् । खासगरी मन्त्रिपरिषद विस्तार असन्तुलित भएकोप्रति लक्षित गर्दै उनले ट्वीटमार्फत उक्त टिप्पणी गरेका हुन् । उनले सत्ता पक्षको व्यवहार यस्तै रहे प्रतिकार गर्ने पनि […]

२०७९ माघ ५ गते, बिहीबार

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको अवसरमा बिदा दिएको हो । मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको मृत्यु भएकोले त्यस दिनको स्मृतिस्वरुप मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको हो ।

२०७९ माघ ५ गते, बिहीबार

नेकपा केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यद्वारा धारणा राख्न सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको जारी तेस्रो पूर्ण बैठकमा महासचिव विप्लवले पेश गरेको `पार्टी योजनालाई कडाइपुर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ ´भन्ने शिर्षकको ११ पृष्ठ लामो लिखित दस्तावेजमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम आजबाट शुरु भएको छ। मङ्गलबारबाट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुमा शुरु भएको केन्द्रिय समिति बैठकमा अहिलेसम्म १७ जनाले आफ्नो […]

२०७९ माघ ४ गते, बुधबार

राष्ट्रिय भूकम्प दिवसका कार्यक्रम स्थगित

काठमाडौं । आज २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । हरेक वर्ष माघ २ गते मनाउने गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई यस पटक भने आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाका कारण स्थगित भएको छ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेकाले भूकम्पका बारेमा कुनै पनि औपचारिक […]

२०७९ माघ २ गते, सोमबार

महासचिव विप्लवद्वारा जनकलाकार हिमालको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले असामयिक रुपमा निधन भएका हितलाल पुन ‘हिमाल’प्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका छन । महासचिव विप्लवले बिहीबार एक शोक वक्तव्य जारी गर्दै हिमालको निधनप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका हुन् । महासचिव विप्लवले हितलाल पुन ‘हिमाल’ एक इमान्दार क्रान्तिकारी, प्रतिभावान जनकलाकार र याेद्दा भएको भन्दै उनको निधनले […]

२०७९ पुष २९ गते, शुक्रबार

अस्पतालको उपचार कक्षवाटै गिरफ्तार गरेका कार्यकर्तालाई झुट्ठा मुद्धा नलगाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले प्रहरीले अस्पतालको उपचार कक्षवाटै गिरफ्तार गरेका अखिल क्रान्तिकारीका बाँकेका अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनारको स्वास्थ्य स्थिति बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका छन । सोमवार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुगेर दुर्घटनाका घाईते धर्मराज सुनार र डिल्ली क्षेत्रीको स्वास्थ्य स्थिति बुझेका थिए […]

२०७९ पुष २६ गते, मंगलवार

नेकपामा प्रवेश गर्नेको ओइरो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौंले हालै आयाेजना गरेको ध्रुवीकरण कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पुस २३ गते चन्द्रागिरीको सतुङ्गलमा भएको पार्टी ध्रुवीकरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ७३ जना नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला […]

२०७९ पुष २६ गते, मंगलवार