राजनीति

जिफन्टको महाधिवेशन सुरु हुदै

काठमाडौ, – नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को छैटौं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघकी महासचिव सरान बरोले ब्रसेल्सबाट टेलिकन्फरेन्समार्फत प्रत्यक्ष सम्बोधन गर्ने जिफन्टले जनाएको छ । जिफन्टको वेबसाइटबाट महाधिवेशनको प्रत्यक्ष प्रसारण हुने पनि जिफन्टले जनाएको छ । जिफन्टमा […]

२०७० चैत्र १४ गते, शुक्रबार

प्रचण्डलाई पुत्री शोक

काठमाडौं, १३ चैत। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी ज्ञानु दाहाल(केसी)को मृत्यु भएको छ। लामो समयदेखि क्यान्सरले पीडित दाहालको आज ओम अस्पतालमा निधन भएको छ । प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार प्रचण्ड अहिले अस्पताल पुगेका छन्। उनको शव पशुपति आर्यघाट लगिएको छ। करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पीडित ज्ञानुको ओम अस्पताल चावहिलमा उपचार भइरहेको […]

२०७० चैत्र १३ गते, बिहीबार

कमिखन खोरहरु सरकारलाई हतियार किन्न उक्साउदैछन् : विप्लव

काठमाडौं,१२ चैत । नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई अहिले हतियार आवश्यक नभएको बताएका छन् । नेकपा–माओवादी सल्यानको चौथो जिल्ला सम्मेलनमा वोल्दै नेता विप्लवले सरकार अहिले हतियार खरिद गरेर कमिसन खाने चक्करमा लागेको दावी गरे । ‘काँग्रेसको पछाडि कमिसन खोर, घुसखोरी र दलालहरुको ताँती छ नेता विप्लवले भने अहिले तिनै कमिखन खोरहरु सरकारलाई हतियार […]

२०७० चैत्र १२ गते, बुधबार

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन हुने

काठमाडौं,११ चैत्र । व्यवस्थापिका संसदको आजको बैठकमा कानुनमन्त्री नरहरि आचार्यले सरकारले १५ दिनभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन सम्बन्धी विधेयक संसदमा पेश गर्ने प्रतिबद्धता जनाएका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा कानुनमन्त्री आचार्यले सर्वोच्च अदालतको आदेश र दलहरुबीच भएको सहमति अनुसार विधेयक ल्याउने बताए । यसअघि संसदमा बोल्दै एकीकृत माओवादीका सभासद अग्नि […]

२०७० चैत्र ११ गते, मंगलवार

माओवादीको कैलाली जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेकपा-माओवादीको चौथो कैलालीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार देखि कैलालीको बलियामा शुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले ६५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । तेस्रो जिल्ला सम्मेलनको २२ वर्षपछि नेकपा-माओवादीले कैलालीमा चौथो जिल्ला सम्मेलनबाट नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न भएको जिल्ला सम्मेलनमा करिब सात […]

२०७० चैत्र ११ गते, मंगलवार

नेपाली क्रिकेट टिमको अपमान हुने कुनै कुरा बोलेको छैन : गौरव

काठमाडौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरवले आफूले नेपाली क्रिकेट टिमको अपमान हुनेगरी कुनै अभिव्यक्ति नदिएको बताएका छन् । गजुरेलले आइतबार विज्ञप्ती निकाल्दै क्रिकेट खेल र नेपाली क्रिकेट टिमबारे गरेको टिप्पणीको सञ्चारमाध्यमले गलत प्रचार गरेको दाबी गरेका हुन् ।‘मैले बोल्दा बाङ्ग्लादेशमा जारी टी ट्वेन्टी वल्र्डकप क्रिकेटमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको थिएँ’, नेकपा-माओवादीको […]

२०७० चैत्र १० गते, सोमबार

प्रचण्डले माओवादी सामू घुँडा टेके- किरण

काठमाडौं,२ चैत। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पछिल्लो चरणमा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो सामू घुँडा टेकेको बताएका छन् ।थानीय निर्वाचन र द्वन्द्वकालीन मुद्दा उठाएर एमालेे र कांग्रेस संकटमा पारेपछि प्रचण्डले बाध्य भएर आफूहरु सामू घुँडा टेकेको अध्यक्ष किरणले दाबी गरेका हुन् ।क्रान्तिकारी पत्रकार महासंघ संखुवासभाले खाँदवारीमा आइतबार गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष किरणले संविधानसभा निर्वाचनमा […]

२०७० चैत्र २ गते, आईतवार

तत्काल पार्टी एकता सम्भव छैन : गुरुङ

काठमाडौं, १ चैत्र । नेकपा–माओवादीका सचिव एवं संयुक्त जनसमितिका संयोजक देव गुरुङले एकिकृत नेकपा माओवादीसँग तत्काल एकीकरण सम्भव नभएको बताएका छन् । पर्वतमा आज आयोजित नेकपा–माओवादीको तेस्रो जिल्ला सम्मेलनको उद्घाटनका क्रममा बोल्दै गुरुङले हेटौडा महाधिवेशनले पारित गरेको कार्यदिशा नसच्चाएसम्म एकीकरण सम्भव नभएको बताए ।उनले एमाओवादी संविधानसभा पूर्व जति उग्रभएपनि अहिले संविधानसभा धोका भएको महशुस गर्दै […]

२०७० चैत्र १ गते, शनिबार

महंगी बिरुद्ध विद्यार्थी ,चैत ५ गते नेपाल बन्द

काठमाडौं,१ चैत। १६ विद्यार्थी संगठनले सरकारको मुल्य बृद्धी बिरुद्ध संयुक्त रुपमा आन्दोलनमा उत्रने सहमति गरेका छन् । एमाओवादीनिकट अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय,बागबजारमा आज बसेको १६ विद्यार्थी संगठनको संयुक्त बैठकले मुल्य बृद्धीको निर्णय फिर्ता नभएसम्म सडक संघर्ष जारी राख्ने निर्णय गरेको हो । बैठकपछि १६ दलबीच भएको आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै एमाओवादी समर्थित अखिल क्रान्तिकारीका उपाध्यक्ष […]

२०७० चैत्र १ गते, शनिबार

एमाओबादीका दुइ दर्जन मजदुर नेताद्वारा पार्टी परित्याग

काठमाडौं, ३० फागुन ।एकीकृत नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत रहेको पेन्टर उद्योग ग्रिल उद्योगका साथै विभिन्न सेक्टरमा काम गर्ने २४ जना मजदुर नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक संयुक्त बक्तब्य निकाल्दै एकीकृत माओवादी परित्याग गरेको घोषणा गरेका हुन ।उनीहरुले जारी गरेको सामुहिक बक्तव्यमा भनिएको छ- एमाओवादीले हेटौडा […]

२०७० फाल्गुन ३० गते, शुक्रबार