समाज

काठमाडौंको पानीका स्रोतमा हैजाका जीवाणु

काठमाडौं । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको जनाएको छ । महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको हो । आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।यस्तै दूषित पिउने […]

२०७९ असार १४ गते, मंगलवार

मेघगर्जन र चट्याङसहित बर्षा हुने, सर्तक रहन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण आज देशका धेरै भू-भागमा बर्षाको सम्भावना रहेको बताएको छ । आज प्रदेश-१ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ तथा गण्डकी […]

२०७९ असार १३ गते, सोमबार

पोखरा आसपास भारी बर्षा : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कास्कीको पोखरा आसपास लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।बाढी सूचना केन्द्रका […]

२०७९ असार १२ गते, आईतवार

ठगीका घटना बढ्दो : सिआइवीद्वारा सचेत रहन अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ । सिआइवीले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी […]

२०७९ असार ११ गते, शनिबार

कारागारमा रहेका कैदीको मृत्यु

काठमाडौं । आज बिहान महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका […]

२०७९ असार १० गते, शुक्रबार

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गर्ने नायब सुब्बा पक्राउ

काठमाडौं । सिरहा, लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत नायब सुब्बा बासुदेव महतो अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । उनीमाथि सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोप लागेको छ । सोही आरोपमा नायब सुब्बा महतोलाई पक्राउ गरिएको हो । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गरेका थिए […]

२०७९ असार ९ गते, बिहीबार

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा आज विहान टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुर्यविनायक आदर्श सडक खण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको छ […]

२०७९ असार ९ गते, बिहीबार

कुहिने र नकुहिने फोहोर नछुटाउनेलाई जरिवाना !

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ । कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ […]

२०७९ असार ९ गते, बिहीबार

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् । अन्यमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल […]

२०७९ असार ९ गते, बिहीबार

न्यायाधीश र अधिवक्ताबीचको अडियोबारे छानविन गर्न माग

काठमाडौं । नेपाल बार एशोसियशनले प्रेस विज्ञप्ति जारी गर्दै बारका निवर्तमान अध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको अडियो सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गरेको छ । बारले न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच पूर्व सांसद इच्छाराज तामाङलाई घरौटीमा रिहा गर्नका लागि मोलमोलाई गरिएको अडियो सार्वजनिक प्रकरणमा ध्यानाकर्षण भएको जनाएको […]

२०७९ असार ८ गते, बुधबार