समाज

पुर्चौडी बहुमुखी क्याम्पस प्रमुखमाथि छानबिन गर्न माग

काठमाडौं । अखिल (क्रान्तिकारी ) बैतडीले विज्ञप्तिमा किर्ते दस्तखत प्रयोग गरी संगठनको बारेमा भ्रमित प्रचार गरेको बताएको छ । बैतडीस्थित पूर्चौडी बहुमुखी क्याम्पस प्रमुख विवादित विषयलाई जोडेर पक्ष विपक्षमा आएका विज्ञप्तिमा आफ्नो संगठनको कुनै सहमति नभएको र आफ्नो संगठन न्यायको पक्षमा रहेको दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् साथै त्यो क्याम्पस प्रमुखको विवादास्पद घटनाको सत्यतथ्य […]

२०७९ असार २७ गते, सोमबार

१२९ सवारी चालकमाथि मापसे कारवाही !

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने […]

२०७९ असार २६ गते, आईतवार

आज हरिशयनी एकादशी

काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आज घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक […]

२०७९ असार २६ गते, आईतवार

बकर ईद मनाइँदै

काठमाडाैं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ […]

२०७९ असार २६ गते, आईतवार

पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य […]

२०७९ असार २५ गते, शनिबार

अस्पतालको भर्‍याङमुनि बेबारिसे शिशु !

काठमाडौं । भरतपुर अस्पतालको भर्‍याङमुनि बेबारिसे अवस्थमा नवजात शिशु भेटिएका छन् । कपडामा बेरिएको अवस्थामा अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरुले बिहीबार दिउँसो फेला पारेका हुन् । भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिने भर्‍याङमुनि बेबारिसे अवस्थमा नवजात शिशु भेटिएको अस्पतालले पुष्टि गरेको छ । अरु भन्दा अगाडि रहेका पौडेलले कपडा […]

२०७९ असार २४ गते, शुक्रबार

चट्याङ लागेर १४ जना घाइते

काठमाडौं । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

२०७९ असार २३ गते, बिहीबार

बेँसीसहर–चामे सडक एक साता बन्द !

काठमाडौँ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तरोन्नतिका लागि पूर्ण रूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युत विलास पन्तले जानकारी […]

२०७९ असार २२ गते, बुधबार

झुलाघाट नाका बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले भारतसँग सीमा जोडिएको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको जानकारी दिए । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन […]

२०७९ असार २२ गते, बुधबार

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरासँगै […]

२०७९ असार २१ गते, मंगलवार