समाज

फेसबुके मायाले घर न घाटको बनायो !

काठमाडौं । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्। सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन्। डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना […]

२०७७ मंसिर १९ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय अपांगता दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय अपांगता दिवस । सन १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो । ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यो […]

२०७७ मंसिर १८ गते, बिहीबार

जन्ती चढेको गाडी दुर्घटना : बेहुलाबेहुलीसहित १३ घाइते

काठमाण्डौ । गए राति धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी […]

२०७७ मंसिर १८ गते, बिहीबार

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने बताएको छ। वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाट नै गर्न मिल्ने भएकाे हो । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था सुरु गरिएको हो ।त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार […]

२०७७ मंसिर १७ गते, बुधबार

दुई समुहबीच झडप, दुईको मृत्यु, नौ घाइते

काठमाडौं । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा बनियाँ गाउँमा यादव र गुप्ता समुहका बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । सो समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ । यादवको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह […]

२०७७ मंसिर १६ गते, मंगलवार

‘बस दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचार गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी अाखिरले प्रेस विज्ञप्ति जारी गरि सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको सुदुरपश्चिम यातायात प्रा.लि.को ना.४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका ७ मार्कुमा आज बिहान ८ बजे दुर्घटनामा परी मृत्यु भएका निरज कुवँरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त दुर्घटनामा घाइते भएका १७ जना सबैकाे स्वास्थ्य लाभको […]

२०७७ मंसिर १५ गते, सोमबार

आज गुरु नानक जयन्ती

काठमाडाैँ । आज कार्तिक शुक्ल पूर्णिमा अर्थात् शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गर्ने उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए ।गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी […]

२०७७ मंसिर १५ गते, सोमबार

चोरिका गाडी नियन्त्रणमा

काठमाडौं । महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले भन्सार छली ल्याएको आशंकामा काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपा बाटं होण्डा कार नियन्त्रणमा लिएको महानगरीय अपराध बताए ।नेपाली बजार मूल्य अनुसार टोयोटा फर्च्युनर को १ करोड ७० लाख र होण्डा कारको ५५ लाख मूल्य पर्दछ । यी कार भन्सार छली […]

२०७७ मंसिर १४ गते, आईतवार

जन्ती बोकेको जीप दुर्घटना : ५ जनाको मृत्यु

काठमाण्डौ । गएराती रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृत्यु हुने पाँचै […]

२०७७ मंसिर १३ गते, शनिबार

काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावसँगै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र मध्य क्षेत्रका उच्च पहाडी […]

२०७७ मंसिर १२ गते, शुक्रबार