समाज

खाद्यवस्तु बोकेको ट्रकमा आगजनी

काठमाडौं, १२ मंसिर । खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान २ः१५ बजे अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगो फैलेर ना३ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताए । लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेनाको प्रयासमा […]

२०७२ मंसिर १२ गते, शनिबार

बाँच्न र पढ्न पाउनुपर्ने भन्दै चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

काठमाडौँ, ११ मङ्सिर । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए । बिहान ११ देखि १ बजेसम्म दुई घन्टा मानवसाङ्लोमा बसेको देख्दा लाग्दथ्यो उनीहरु आफ्नो अधिकार लिएरै छाड्नेमा […]

२०७२ मंसिर ११ गते, शुक्रबार

बस दुर्घटनामा दुुईजनाको मृत्यु

काठमाडौ , ११ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नम्बरको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा दुर्घटना हुँदा करिब २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया […]

२०७२ मंसिर ११ गते, शुक्रबार

नाकाबन्दी अमानवीय र अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित

काठमाडौं, १० मंसिर । चीन अध्ययन केन्द्रले भारतले लगाएको नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन भएको जनाएको छ । केन्द्रले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुई देशबीचको सम्बन्धलाई नकारात्मक असर पार्ने भारत सरकरको यस्तो नाकाबन्दी भूपरिवेष्टित देश नेपालको पारवहन अधिकार, संयुक्त राष्ट्र सङ्घ र सार्क बडापत्र, डब्लुटिओको नियम–सम्मत अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय […]

२०७२ मंसिर १० गते, बिहीबार

रेडियो परासीमा पेट्रोल बम प्रहार

काठमाडौं , १० मंसिर । रेडियो परासीमा गएराति अज्ञात समुहले पेट्रोल बम प्रहार गरेका छन् । नवलपरासीको सदरमुकाम परासीस्थित रेडियो परासीमा आक्रमणकारीले पार्किङमा रहेको एउटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् । समाचारको विषयलाई लिएर टेलिफोन मार्फत धम्काउँदै गर्दा बाहिर आएका अज्ञात व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाइलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले जानकारी दिए […]

२०७२ मंसिर १० गते, बिहीबार

नक्सापास गर्ने अत्यधिक

काठमाडौँ, ९ मङ्सिर । नाकाबन्दीका कारण भवन निर्माण सामग्री अभाव हुँदा निर्माणमा समस्या आएपनि काठमाडौँ नगरपालिकामा नक्सापास गर्न आउने नागरिकको सङ्ख्या भने कम छैन । महानगरपालिकाका इञ्जिनियर वीरबहादुर खड्काका अनुसार नाकाबन्दी अघि र अहिलेको समयमा नक्सापास गर्न आउने नागरिकको सङख्या दैनिक २० जनादेखि २५ जना रहेको छ । भूकम्पका कारण नक्सापासमा केही छुटको व्यवस्था भएको […]

२०७२ मंसिर ९ गते, बुधबार

सप्तरीमा तनाब उस्तै

काठमाडौं, ८ मंसिर । सप्तरीमा आन्दोलनकारीले सदरमुकाम राजविराज, भारदह र रुपनीका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन । मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यु उल्लंघन गर्दै गएराति पनि सप्तरीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आन्दोलनकारीले प्रदर्शनकै क्रममा गएराति राजविराजस्थित नापी शाखा कार्यालयमा आगजनी समेत गरेका छन् । आगजनीबाट कार्यालयमा सामान्य क्षति पुगेको छ भने कार्यालय परिसरमा […]

२०७२ मंसिर ८ गते, मंगलवार

सप्तरी विहानैदेखि तनावग्रस्त

काठमाडौं, ७ मंसिर । हिजो देखि तनाबग्रस्त रहेको सप्तरी आज बिहानैदेखि पुन तनावग्रस्त बनेको छ । हिजो प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि स्थानीय प्रशासनले लगाएको कर्फ्युको उलंघन गरेर सदरमुकाम राजबिराज, रुपनी, भारदहसहित गाउँ गाउँमा प्रदर्शन चर्काएका छन् । प्रदर्शनकारीले सप्तरीको कोबरसाइन प्रहरी चौकीमा आइतबार राति आगजनी गरेपछि प्रहरी भागेर […]

२०७२ मंसिर ७ गते, सोमबार

जनकपुरमा बम बिस्फोट, एकजना घाइते

काठमाडौ, ५ मंसिर । जनकपुरमा बम बिस्फोट हुदा एकजना घाइते भएका छन । जनकपुरको पिपरिया–४, माइस्थानमा टिफिन क्यारियरमा राखेको बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका हुन् । घाइते हुनेमा सिरहा, गौरीपुर–९ का १८ वर्षिय श्रवणकुमार यादव छन् । उनि नरेश यादवको घरमा डेरा गरी बस्दै आएका थिए । उनको कोठा बाहिर कसले बम राख्यो […]

२०७२ मंसिर ५ गते, शनिबार

काठमाडौंमा ५.३ रेक्टर स्केलको पराकम्प

काठमाडौ , ३ मंसिर । अहिले बिहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको जनाएको छ । पराकम्प जादा काठमाडौं र आसपासका बासिन्दा घरबाहिर निस्केका थिए । सिन्धुपाल्चोक केन्द्र बनाएर पराकम्प गएको भएपनि काठमाडौं पनि केही बेरहल्लीएको थियो । तीन महिना […]

२०७२ मंसिर ३ गते, बिहीबार