समाज

‘ सशस्त्रलाई थप अधिकार नदेउ ‘

काठमाडौं । व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले सशस्त्र प्रहरीलाई पक्राउ पूर्जी जारी गर्ने अधिकार तत्काल नदिन सरकारलाई निर्देशन दिएको छ ।सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जी जारी गर्ने अधिकार दिने गरी सशस्त्र प्रहरीको नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषदमा पेश भएपछि राज्यव्यवस्था समितिले शुक्रबार गृहमन्त्रीलाई बोलाएर तत्काल त्यस्तो अधिकार सशस्त्रलाई नदिन निर्देशन दिएको हो ।बैठकमा समितिका सदस्यहरुले सशस्त्र प्रहरीले […]

२०७२ असार ११ गते, शुक्रबार

नेपालगञ्ज नगर डुवानमा

काठमाडौ, ११ असार । हिजो बेलुकादेखि परेको अविरल बर्षाले नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको छ । पानीको निकासको ब्यबस्था र नेपालगञ्ज नगरपालीकाले बेलैमा सजकता अपनाउन नसक्दा नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको हो । रातभर परेको बर्षा पछी नेपालगञ्जको धम्बोजी, सेतुबिक चोक, गणेशपुर, बाँकेगाँउ, घरबारीटोल, त्रिबेणीमोड, फुलटेग्रा लगाएतका स्थानहरु डुवानमा परेका छन । नगरका अधिकांस घरहरुमा […]

२०७२ असार ११ गते, शुक्रबार

संसद अधिवेशन असार १५ देखि

काठमाडौं, १० असार । सरकारले राष्ट्रपतिसमक्ष यही असार १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मूख्यसचिव लीलामणि पौड्यालले अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष वुधबार पेश गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार […]

२०७२ असार १० गते, बिहीबार

प्रहरीद्वारा आत्महत्याको प्रयास

काठमाडौं, ९ असार । रौतहटमा एक प्रहरी जवानले आफैंले बोकेको बन्दुकले कन्चटमा हानेर आत्महत्याको प्रयास गरेका छन् । बुधबार विहान चारबजे डयुटीमै भएको अवस्थामा उनले यस्तो प्रयास गरेका हुन् । पर्सा ५ र्सिरसिया घर भएका प्रहरी जवान लालबाबु प्रसाद चौहानले रामपुर खापस्थित चौकीमा ड्युटीमै रहेको अवस्थामा आफ्नै बन्दुकले निधारमा गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् […]

२०७२ असार ९ गते, बुधबार

घुस्याहा नायबसुब्बा रंगेहात पक्राऊ

काठमाण्डौ,८ असार । नवलपरासीको कावासोतीस्थित मालपोत कार्यालयमा कार्यरत नायबसुब्बा कृष्णप्रसाद पोख्रेल ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रिय कार्यालय पोखरा अन्तर्गतको सम्पर्क कार्यालय बुटवलको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ । उनले लालपुर्जा दिनका लागि एक सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले दाबी गरेको छ ।

२०७२ असार ८ गते, मंगलवार

मनसुन सक्रिय हुँदै

काठमाडौ, ८ असार । सामान्यतया आजदेखि देशभरको मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिस्तारै मनसुन सक्रिय हुँदै गएकाले दिनभरीनै बादल लाग्ने र खुल्ने क्रम चलिरहेने महाशाखाले जनाएको छ । मौसमविद सुवास रिमालका अनुसार पश्चिमतिर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने भएपनि मध्य क्षेत्रमा हिजोदेखि नै मनसुन सक्रिय भएकाले काठमाण्डू […]

२०७२ असार ८ गते, मंगलवार

बारामा बाँदरको बबण्डर

काठमाडौ, ७ असार । बाराको सिमरा, पथलैया, अजलेखगञ्ज, पिलुवा, महेन्द्रनगर, टाँगियाबस्तीलगायत निजगढ नगरपालिकामा पर्ने लाल रतनपुरी क्षेत्रमा समेत बाँदर आतंक बढेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका स्थानीयबजारका ब्यवसायी बाँदर आतंकबाट पीडित बनेका हुन् । बजारका साना ठूला होटलदेखि जङ्गलसँगै जोडिएका मानव बस्तीमा पसेर अन्नबाली खानुका साथै साना बालबालिकालाई आक्रमण गरी घाइते बनाउन थालेपछि बाँदर नियन्त्रणका […]

२०७२ असार ७ गते, सोमबार

सवारी नियम उल्लंघन गर्ने अत्यधिक

काठमाडौं, ६ असार । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधन माथीको कारबाही तिब्र बनाउँदै लगेको भएपनि सवारी नियम उल्लंघन कार्यमा कमी आएको छैन । लेन अनुृशासन मिच्नेदेखी सडकको वातावरण खल्बल्याउने गरी अनावश्यक ध्वनी प्रदुर्षण सिर्जना गराउने सवारीको संख्यामा पछिल्ला दिनमा क्रमशः बृद्धी हुँदै गएको हो ।शनिबार मात्र सवारी चेकजाँचका क्रममा बिभिन्न कशुरमा ८ सय ७९ […]

२०७२ असार ६ गते, आईतवार

बाग्मती थुनिँदा स्थानीय त्रसित

काठमाडौं, ४ असार । काठडमाडौंको तीनकुनेस्थित बागमती नदी आंशिक थुनिँदा स्थानीय त्रसित भएका छन् ।तीनकुनेस्थित पुल नजिक निर्माणाधीन कल्भर्ट थुनिँदा शुक्रबार बिहानै आसपासका क्षेत्रमा त्रास फैलिएको हो । बाढीले बगाएर ल्याएको फोहोरले तीनकुने पुलभन्दा उत्तरपट्टी बाग्मती करिडोरमा ह्युम पाइप राखेर बनाइएको अस्थायी पुल बिहान १ बजेदेखि थुनिँदा पानीको सतह बढेको थियो ।बाग्मती थुनिँदा आसपासको सडक […]

२०७२ असार ४ गते, शुक्रबार

सञ्चारगृह खोलेर अपराध गर्न पाइदैन :पत्रकार महासंघ

काठमाडौँ, ३ असार । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले श्रम शोषण गर्नु अपराध भएको बताउँदै सञ्चारगृह खोलेर श्रमजिवी पत्रकारको शोषण गर्ने छुट सकैलाइँ नभएको बताएका छन् । पारिश्रमिक र नियुक्तिपत्रको माग गर्दै हिमालय टेलिभिजनमा कार्यरत पत्रकारले गरेकाे आन्दोलनप्रति एक्यबद्धता जनाउँदै अध्यक्ष विष्टले सो कुरा बताएका हुन । “पत्रकारले श्रमको मूल्य र काम गर्ने संस्थानको […]

२०७२ असार ३ गते, बिहीबार