समाज

तिब्बतीयन शरणार्थीलाई बाहिर निस्किन प्रतिवन्ध

काठमाडौं २६ फागुन। तिब्बतीयन शरणार्थीहरुले आज मुक्ति दिवशमा गर्ने सक्ने सम्भावित दुर्घटना र प्रदर्शन रोक्न उच्च सर्तकता अपनाएको छ । मिुक्ति दिवसका दिन उनीहरुले आत्मदाह सहितको आन्दोलन गर्न सक्ने भन्दै प्रहरीले उच्च निगानी बढाएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार कुनैपनि शिविरबाट बाहिर निस्किन नदिन ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ । हरेक […]

२०७० फाल्गुन २६ गते, सोमबार

‘आयो होली’ चीर गाडेर शुभारम्भ

काठमाडौँ ,२५ फाल्गुन । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रुपमा चीर गाडेर शुभारम्भ गरिएको छ । फागुन शुक्ला अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित गद्धी बैठक अगाडि मैलको रुखलाई रङगीचङगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । हिन्दू धर्म अनुसार आफ्ना विष्णुभक्त पुत्र प्रह्लादको हत्या […]

२०७० फाल्गुन २५ गते, आईतवार

आजबाट व्यवसायिक प्रयोजनमा नीलो सिलिण्डर अनिवार्य

काठमाडौं, २५ फाल्गुन । नेपाल आयल निगमले आजदेखि व्यवसायिक प्रयोजनका लागि नीलो रङका सिलिन्डर अनिवार्य गरेको छ । व्यवसायिक प्रयोजनमा प्रयोग हुने ग्यासको तथ्याङ्क निकाल्न नीलो रङका सिलिन्डर अनिवार्य गरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । सरकारले फरक-फरक मूल्यमा घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि भनेर नीलो रङका सिलिन्डर कार्यान्वयनमा ल्याउने अवधारणा बनाएको […]

२०७० फाल्गुन २५ गते, आईतवार

सहयोगको अपिल

काठमाडौं,२४ फागुन । बिजय अधिकारी बिगत १२ बर्ष (२०५८) देखि कालो चिया र ग्लुकोज पानी तथा तरल भोजन मात्र खाएर रोग विरुद्ध लड्दैछन् । उनलाई २०५८ साल(२००१) मा सवारी दुघटना हुदा आन्द्रामा असर परेको हुनाले कब्जियतको सिकायत छ र एनिमा नगरी मलद्धारबाट मल बाहिर निस्कदैन । साथै दिमागमा चोट लागेको हुनाले सो रोगको उपचारका लागि […]

२०७० फाल्गुन २४ गते, शनिबार

आज महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं,२४ फागुन । आज १ सय ४ औं अन्तर्राष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । यसपटक नारी दिवसको विश्वव्यापी नारा ‘महिलाका लागि समानताः सबैका लागि प्रगति’ तय गरिएको छ । नेपालमा भने ‘महिला नेतृत्वका लागि होऔं जम्मा, घरदेखि संविधानसभासम्म’ तय गरिएको छ ।सन् १९११ को मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइए यता […]

२०७० फाल्गुन २४ गते, शनिबार

काठमाडौमा उर्जासंबन्धि गोष्ठी सुरु

काठमाडौ, २३ फागुन । अन्तराष्ट्रिय उर्जा कार्यशाला गोष्ठी काठमाडौमा आजबाट सुरु भएको छ । एशियाली विकास बैंकको सहकार्यमा वैकल्पिक उर्जा केन्द्रले गोष्ठी आयोजना गरेको हो । नेपालमा अहिलेसम्म अनुदानमा मात्रै नविकरणीय उर्जाका कार्यक्रम भैरहेकाले अब अनुदान विना पनि दिगो कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिएको केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले जानकारी दिए । अनुदान […]

२०७० फाल्गुन २३ गते, शुक्रबार

चर्को व्याज खादा प्रहरीको फन्दामा

काठमाडौ, २३फाल्गुन ।चर्को व्याजमा ऋण लगानी गर्ने महेस सिंहलाई आज काठमाडौं प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिपुरेश्वरबाट पक्राऊ गरिएको हो ।सिंहले उच्च ब्याजदरमा व्यवसायीलगायतलाई ऋणका रूपमा लगानी गरेको नगदको आयस्रोत शंकास्पद रहेको भन्दै २८ भदौमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको छ । लगत्तै उनीविरुद्घ परेको अर्को उजुरी पनि अहिले अनुसन्धानको क्रममा छ […]

२०७० फाल्गुन २३ गते, शुक्रबार

हाम्रो जीवनको रक्षा गरिदिनुस्ः बर-बधु

काठमाडौँ,२३फागुन । संखुवासभा चैनपुर गाविस वडा नं. २ निवासी उमेश बराइली र सोही गाविस वडा नं. ३ निवासी रुपशना शाक्यबीच शुक्रबार अन्तरजाति विवाह कार्यक्रम सम्पन्न भएको छ । संवाद डबली आयोजित एक कार्यक्रममा बोल्दै बर र बधुले आफूले सोचविचार गरी राजीखुशीका साथ विवाह गरेकाले परिवारजन र समाजलाई जीवनमा अवरोध नगरिदिनहुन अनुरोध गरे । कार्यक्रमा बोल्दै […]

२०७० फाल्गुन २३ गते, शुक्रबार

हजारौ सहकारी करबाहिर

काठमाडौं ।सरकारले अस्थायी लेखा नम्बर (प्यान) नलिएका सहकारीलाई लक्षित गरी छुट योजना ल्याए पनि अझै हजारौ सहकारी करको दयारामा आएका छैनन् ।सरकारले दिएको विशेष सुविधा उपयोग गर्दै चालू आवको माघसम्म १ हजार २ सय ११ सहकारीमात्र करको दायरामा आएका छन् । चालू आवको बजेटमार्फत सरकारले प्यान नलिएका सहकारीलाई ०६८/६९ र ०६९/७० को आय–विवरण र सोमा […]

२०७० फाल्गुन २३ गते, शुक्रबार

कुमारी आमाका सन्तानले नागरिकता पाउने

काठमाडौं,२२ फागुन ।अबदेखि कुमारी आमा तथा विवाह नगरी सँगै बसेका जोडी (लिभिङ टुगेदर)बाट जन्मिएका सन्तानले कानुनी मान्यता पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले व्यक्तिगत घटना दर्तामा कुमारी आमा र लिभिङ टुगेदरबाट जन्मिएका सन्तान पनि दर्ता गर्न कानुन संशोधनको प्रक्रियामा अघि बढाएको छ ।मन्त्रालयले ‘जन्म, मृत्यु, तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने […]

२०७० फाल्गुन २२ गते, बिहीबार