समाज

ग्याँस पड्किँदा दुई जनाको मृत्यु

काठमाण्डौ,५ माघ- काठमाडौंको बुद्धनगरमा ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक चिन्तामणि न्यौपानेका अनुसार मृत्यु हुनेमा विजय गुप्ता र शारदा गुप्ता रहेका छन् । गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको पाठकले वताए […]

२०७० माघ ५ गते, आईतवार

कालीकोटमा भारी हिमपात जनजिवन कष्टकर

कालीकोट ४ माघ – शुक्रवार रातिबाट वर्षा संगै आएको भारी हिमपातले कालीकोट जिल्लाका माथिल्लो क्षेत्रका स्थानिय वासिको जनजिवन कष्टकर भएको छ ।वर्षा संगै परेको हिमपातका कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत पर्ने कालीकोट र जुम्लामा समेत ठांउ ठांउमा बाटो भत्किए पछि यात्रुहरुलाई समेत कठिनाई भएको छ । कालीकोट जिल्लाको माथिल्लो उच्च हिमालि क्षेत्र तथा जुम्ला, […]

२०७० माघ ४ गते, शनिबार

देशभरकै मौसम बदली

काठमाडौं, ४ माघ – आज बिहानबाट देशभरको मौसम बदली भएको छ । पश्चिमका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ । देशको पूर्व र मध्य क्षेत्रमा पनि बदली भएर फाट्टफुट्ट पानी परेको छ ।अरु क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा ठूलो पानी परेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । हुम्ला, जुम्ला, कालिकोट, मुगु लगायतका मध्यपश्चिम र सुदूरपश्चिमका […]

२०७० माघ ४ गते, शनिबार

राष्ट्रिय भूकम्प दिवस मनाइँदै

काठमाडौ, २ माघ ।आज १६ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाइँदैछ ।विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ ।‘नबोली, नसोधी आउँछ भूकम्पीय विपद, जागौं, जुटाँै बचाउन सृष्टिको सम्पदा’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्न लागेको सरोकारवाला सङ्घसस्थाले जनाएका छन् । आज काठमाडौलगायत […]

२०७० माघ २ गते, बिहीबार

स्वस्थानी व्रतकथा प्रारम्भ

स्वस्थानी व्रतकथा प्रारम्भ काठमाडौं, १ माघ । पौषशुक्ल पूर्णिमा अर्थात आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ ।यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ ।यस वर्ष माघ १ गते अर्थात आजको दिन एक घडी र ८ पला अर्थात् बिहान ७ बजेर २५ […]

२०७० माघ १ गते, बुधबार

माघे संक्रान्ति मनाइदै

काठमाडौं, १ माघ – आज माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने […]

२०७० माघ १ गते, बुधबार

यात्रुबाहक बस लुटियो

महोत्तरी,३० पुस – काठमाडौंबाट सिन्धुली जाँदै गरेको ना ४ ख १५०१ नम्बरको एक यात्रुबाहक बस महोत्तरीमा आज विहान लुटिएको छ ।बसलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, गरगहना, मोवाइल लगायतका सरसामान गरी करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटेका हुन् ।कटुवा पेस्तोल र खुकुरी सहितका ९ जना लुटेराले चालकलाई नियन्त्रणमा लिएर आफैंले गाडी चलाई लुटपाट […]

२०७० पुष ३० गते, मंगलवार

मनोनीत नगरी बैठक बोलाउन नमिल्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं– मनोनीतबाट पूर्ति गरिने २६ सभासदको निर्णय नभई संविधानसभाको पहिलो बैठक बोलाउन नमिल्ने जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता सल्लु तिवारीले आइतबार दर्ता गराएको निवेदनमा अन्तरिम संविधानको भावना र मर्म ६ सय १ पूर्ण सदस्य नियुक्त भएपछि बैठक बोलाउने भएकाले सरकारको तयारी रोक्न अन्तरिम आदेशको माग गरिएको छ। संविधानको धारा ६३ क […]

२०७० पुष २९ गते, सोमबार

पत्रकार कुँवरद्वारा जीवनरक्षाको अपिल

कैलाली,२७ पुस । टीकापुरबाट प्रकाशित टीकापुर टाइम्स दैनिकका प्रकाशक सम्पादक एवं रेडियो नमस्तेका प्रवन्ध निर्देशक कर्ण कुँवरले आफ्नो जीवनरक्षा गरिदिन आग्रह गरेका छन् । पत्रकार कुँवरले आफ्नो ज्यान लिने उद्देश्यले पटक पटक आक्रमण हुँदा पनि प्रशासनले आँखा चिम्लेर बसेको भन्दै ज्याज बचाइदिन आग्रह गरेका हुन् ।आफूमाथि पटक–पटक आक्रमण गर्ने टीकापुरका तपेन्द्र कुँवरलाई प्रशासनले कानुनी दायरामा […]

२०७० पुष २७ गते, शनिबार

ज्येष्ठ नागरिकको उपहास

काठमाडौं, २६ पुस,। सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुटको व्यवस्था, मासिक वृद्धभत्तामा वृद्धि गरिनुपर्ने लगायतका माग गर्दै विगत ११ महिनादेखि आन्दोलनरत ज्येष्ठ नागरिक समाजले अहिलेसम्म मागको कुनै सुनुवाइ नभएको गुनासो गरेको छ ।आफ्ना आठबुँदे मागसहित समाजले ११ महिनादेखि यातायात व्यवस्था विभागअगाडि धर्ना दिँदै आएको छ । ज्येष्ठ नागरिकको धर्नामा करिब २४ वटा संस्थाले ऐक्यबद्धता जनाउँदै नियमित […]

२०७० पुष २६ गते, शुक्रबार