समाज

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र […]

२०७७ पुष १८ गते, शनिबार

प्रदेशसभा सदस्य एवं सभापति सिंहको गाडीमा आगजनी

काठमाडाैं । जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार राति करिब १० बजे पेट्रोल छर्केर आगजनी भएको छ । गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सभापति सिंह प्रदेशको योजना अनुगमन गर्न जाजरकोट पुगेका थिए ।

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज बिहानको तापक्रम शून्य डिग्रीमा झरेको हो । विहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव २ रहेकामा पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ० दशमलव ८ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । […]

२०७७ पुष १६ गते, बिहीबार

बामपन्थि नेता स्वनाम साथीको निधन

काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थि नेता स्वनाम साथी(शशी शेरचन)को शुक्रबार साँझ निधन भएको छ । लामो समय देखि मृगौला रोगको उपचार गरिरहेका स्वनामलाई पछिल्लो दिनमा कोभिड १९ देखापरेको थियो । लामो समय सिकिस्त भई सामान्य अवस्थामा फर्किसकेका स्वनामको पुनः गम्भिर भई आइसियुमा उपचार भैरहेको थियो ।माक्र्सिय गुरुकुल नेपालका परिकल्पनाकार तथा संस्थापक रहेका स्वनाम तत्कालीन […]

२०७७ पुष ११ गते, शनिबार

भारत लैजाँदै गरेका युवतीको उद्धार

काठमाडौं । सशस्त्र प्रहरीले भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । गए राति बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको […]

२०७७ पुष १० गते, शुक्रबार

आज क्रिसमस

काठमाडौं। विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ । कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर […]

२०७७ पुष १० गते, शुक्रबार

युवा संगठन सियारीको भेला सम्पन्न

काठमाडौं । रूपन्देहीको सियारी गाउँपालिकामा युवा संगठन नेपालको भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको भेलाले रमेशकुमार थारूको अध्यक्षतामा १३ सदस्यीय २ नम्बर वडा इकाई कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवाहरु दलाल संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्दै एकीकृत जनक्रान्तिको पक्षमा युवाहरुले संगठित […]

२०७७ पुष ९ गते, बिहीबार

देशभर चिसो बढ्याे

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र […]

२०७७ पुष ८ गते, बुधबार

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन रोक्न निर्देशन

काठमाडौं । सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकेसँगै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ । आयोगले यसअघि जारी राखेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था नभएसम्मका लागि रोक्न जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको हो ।आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई […]

२०७७ पुष ७ गते, मंगलवार

उपभोक्ता ठगी गर्ने व्यवसायी फर्मविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ ।नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको […]

२०७७ पुष ६ गते, सोमबार