समाज

मास हिस्टेरिया’ प्रभावित छात्रालाई परामर्श

काठमाडौँ, ६ असोज । खोटाङ जिल्लाको उत्तरी गाविस हौंचुरस्थित शारदा माविका ‘मास हिस्टेरिया’ प्रभावित छात्रा र अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । मास हिस्टेरियाका कारण विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएपछि राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले हालै हौंचुर पुगेर प्रभावित छात्रा तथा उनीहरुका अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरेको हो । गत असार […]

२०७३ आश्विन ६ गते, बिहीबार

पत्रकार बर्देवामाथि प्रहरी ज्यादती

काठमाण्डौ ,५ असोज । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा रेडियो पत्रकार सुदिप वर्देवामाथि प्रहरीले दुव्र्यवहार गरेको छ । वर्देवामाथि ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा रिपोर्टिङका क्रममा दुब्यबहार भएकोप्रति क्रान्तिकारी पत्रकार संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले आज विज्ञप्ती निकालेर समाचार संकलनका क्रममा कार्यलय पुगेका बर्देवालाई हातपात गर्नुका साथै […]

२०७३ आश्विन ५ गते, बुधबार

सप्तकोशीमा डुंगा चलाउन प्रतिबन्ध

काठमाडौं, ५ असोज । पटक–पटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो । सुनसरीको श्रीलंका टापुमा शनिबार प्रकाशपुर गाविस आउँदै गरेको डुंगा दुर्घटना हुँदा नौ जना स्थानीय बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै […]

२०७३ आश्विन ५ गते, बुधबार

आज अन्तर्राष्ट्रिय शान्ति दिवस

काठमाडौ, ५ असोज । आज सेप्टेम्बर २१, अन्तर्राष्ट्रिय शान्ति दिवस । दीगो शान्तिःराष्ट्र विकासको आधार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा अहिले केहीबेरमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने बताईएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि सेप्टेम्बर २१ का दिन शान्ति दिवस मनाउन लागिएको […]

२०७३ आश्विन ५ गते, बुधबार

नगरकोट काठमाडौँ बस सेवा

काठमाडौं, ४ असोज । नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौँ रत्नपार्कसम्म बस सञ्चालन गरिने बताए । उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोटहँुदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थानहँुदै कलमसीसम्म बससेवा सञ्चालन […]

२०७३ आश्विन ४ गते, मंगलवार

मापसे जाँचमा कडाइ

काठमाडौँ, ४ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठुला दुुर्घटना […]

२०७३ आश्विन ४ गते, मंगलवार

गृहमन्त्रीको आदेश नमान्दा…

काठमाडौ, ३ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन् । झै झगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि जोशी प्रधान कार्यालय तानिएका हुन् । गृहमन्त्री निधिकै निर्देशनमा फुलगामा इलाका प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र ठाकुर पनि फिर्ता भएका छन । ठाकुर ढल्के इलाका प्रहरीमा तानिएका छन्। […]

२०७३ आश्विन ३ गते, सोमबार

५ सय ३७ कैदीलाई माफी

काठमाडौं, ३ असोज । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । उनीहरु आज कैदबाट छुट्ने छन् । बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेकका कार्यविधिले तोकेअनुसारको कैद सजायँ काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको […]

२०७३ आश्विन ३ गते, सोमबार

हिन्दूराज्य घोषणा गर्न माग

काठमाडौं, २ असोज। राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाएका हुन् । मञ्चले यसअघि राष्ट्रपति, […]

२०७३ आश्विन २ गते, आईतवार

डुंगा दुर्घटनामा १५ बेपत्ता

काठमाडौं, २ असोज । सुनसरीको सप्तकोशी नदीमा शनिबार दिउँसो पल्टिएको डुंगा अझै फेला परेको छैन । डुंगामा चढी बेपत्ता भएका १५ जनाभन्दा बढी व्यक्तिको पनि अझै अत्तोपत्तो छैन । डुंगामा सवार ३७ जनाको हिजै सकुशल उद्धार गरिएको थियो । श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुंगा पल्टिँदा उनीहरु वेपत्ता भएका हुन् । प्रकाशपुरमा हाटबजार लाग्ने […]

२०७३ आश्विन २ गते, आईतवार