बिश्व

सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

काठमाडौं । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । […]

२०७९ कार्तिक १४ गते, सोमबार

भिडमा किचिएर १५१ जनाको मृत्यु !

काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने […]

२०७९ कार्तिक १३ गते, आईतवार

सभामुखका श्रीमानमाथि हिंस्रक आक्रमण !

काठमाडौँ । अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान्माथि हिंस्रक आक्रमण भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएको सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन् । आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको छ ।अस्पताल भर्ना भएका पललाई शीघ्र स्वास्थ्य […]

२०७९ कार्तिक १२ गते, शनिबार

युक्रेनद्वारा विदेशमा रहेका नागरिकलाई घर नफर्किन आग्रह

काठमाडाैं । युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ । रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित […]

२०७९ कार्तिक ९ गते, बुधबार

विद्यालयमा गोली चल्यो : ३ जनाको मृत्यु

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्। मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ। उक्त घटना सेन्ट्रल भिजुअल एण्ड […]

२०७९ कार्तिक ८ गते, मंगलवार

दुई कोरियाबीच गोली हानाहान

काठमाडौँ । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार […]

२०७९ कार्तिक ७ गते, सोमबार

बाढीका कारण १५ लाखभन्दा बढी बालबालिका जोखिममा

काठमाडौं । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ । बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका […]

२०७९ कार्तिक ६ गते, आईतवार

बेलायती प्रधानमन्त्री ट्रसद्वारा पदभार ग्रहण गरेको ६ सातामै राजीनामा !

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको उहाँको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूमध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा गर्नुपरेको हो । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न […]

२०७९ कार्तिक ४ गते, शुक्रबार

फ्रान्समा मंहगीविरुद्ध प्रदर्शन

काठमाडौं । रुस–युक्रेन युद्धका कारण बाँकी दुनियाँजस्तै युरोप पनि मुद्रास्फीतिसँग लडिरहेको छ । त्यहाँ मुद्रास्फीति दर विगत ११ वर्षमा ८.९ प्रतिशतको उच्च स्तरमा छ । मुद्रास्फीतिबाट फ्रान्स सबैभन्दा बढी प्रभावित भएको बताइन्छ । फ्रान्समा तलब बढाउन माग गर्दै कर्मचारी सडकमा उत्रिएका छन् । उनीहरुको भनाइ अनुसार मुद्रास्फीतिका अहिलेको सामान्य तलबमा बाँच्न गाह्रो छ ।यसअघि फ्रान्समा […]

२०७९ कार्तिक ३ गते, बिहीबार

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण : ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । सरकारी समाचार एजेन्सी रियाका अनुसार रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्वसोभियत […]

२०७९ आश्विन ३० गते, आईतवार