बिश्व

इजरायली सेनाद्वारा ४ प्यालेस्टाइनीको हत्या

काठमाडौँ । प्यालेस्टाइन समाचार एजेन्सी वाफाले उत्तरी वेस्ट बैंक शहर तुलकर्म नजिकै एउटा गाडीलाई लक्षित गरी इजरायली ड्रोनले चार प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।बाला शहर र तुल्कारमको अक्ताबा उपनगरको बीचमा यात्रा गरिरहेको गाडी आक्रमणपछि पूर्ण रूपमा आगोमा जलेको थियो। इजरायल डिफेन्स फोर्सले संयुक्त इजरायली सुरक्षा एजेन्सी र इजरायल पुलिस काउन्टर टेररिज्म अपरेसनमा तुल्कारममा आतंकवादीसँग भिडन्तको […]

२०८१ श्रावण २० गते, आईतवार

अमेरिकाद्वारा आफना नागरिकहरुलाई तत्काल लेवनान छोड्न आदेश

काठमाडौँ । बेरुतस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै लेवनानमा रहेका आफना नागरिकहरुलाई तत्काल देश छोड्न आदेश दिएको छ । दूतावासले मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै तत्काल लेवनान छोड्न आदेश जारी गरेको छ , त्यसका लागि तुरुन्त जुनसुकै प्रकृतीका टिकट लिइ अमेरिका फर्कन निर्देशनसमेत दिएको छ ।इराजयली आक्रमणमा हमास प्रमुखसहित अन्य नेताहरु मारिएसँगै इरानले इजरायलको […]

२०८१ श्रावण २० गते, आईतवार

कमला ह्यारिस औपचारिक रूपमै राष्ट्रपतिको उम्मेदवार

काठमाडौँ । डेमोक्र्याटिक पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी छन्। उनले २ हजार ३५० डेमोक्र्याटिक डेलिगेट्सको समर्थन प्राप्त गरिन्। ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन्। उनले डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको प्रतिक्रयाा […]

२०८१ श्रावण १९ गते, शनिबार

रुस र पश्चिमी मुलुकबीच कैदीबन्दी आदानप्रदान

काठमाडौँ । रुस र पश्चिमी राष्ट्रहले कैदीबन्दी आदानप्रदान गरेका छन् । रुसले आफ्नो हिरासतमा रहेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा टर्की सरकारले दुई नाबालिगसहित ८ रुसी बन्दीहरुलाई रिहा गरेको जनाएको छ ।टर्की सरकारले विज्ञप्ति जारी गदै २४ जना कैदीबन्दी आदानप्रदान भएको उल्लेख गरेको हो । ६ पश्चिमी राष्ट्रहरु र रुसबीच भएको कैदीबन्दीहरु अदलीबदलीमा अमेरिकी […]

२०८१ श्रावण १८ गते, शुक्रबार

सेप्टेम्बर- ११ आतंकवादी आक्रमणका योजनाकारलाई मृत्युदण्ड नदिइने

काठमाडौँ । अमेरिकाले ११ सेप्टेम्बर २००१ को आतंकवादी आक्रमणका मुख्य योजनाकार खालिद शेख मोहम्मद, वालिद मुहम्मद सलीह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–औसावीसँग मृत्युदण्ड नदिने सम्झौता गरेको छ। उनीहरू २३ वर्षदेखि क्युबाको ग्वान्टानामोस्थित अमेरिकी नौसेनाको यातनापूर्ण हिरासतमा छन्।सन् २००१ मा न्यूयोर्कमा भएको अल कायदाको आक्रमणका उनीहरू योजनाकार रहेको अमेरिकी दाबी छ। उनीहरुलाई अमेरिकाले […]

२०८१ श्रावण १७ गते, बिहीबार

इजरायलद्वारा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको दावी

काठमाडौँ । इजरायलले हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको दावी गरेको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको हो । लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा शीर्ष कमाण्डर फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ ।लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गर्दै यसलाई […]

२०८१ श्रावण १६ गते, बुधबार

रुसद्वारा युक्रेनको डोनेत्स्क क्षेत्रको अर्को गाउँ कब्जा

काठमाडौँ । रूसले मंगबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको बताएको छ । रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो । युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसङ्ख्या करिब एक हजार ४०० रहेको थियो । रूसले पूर्ण रूपमा […]

२०८१ श्रावण १६ गते, बुधबार

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

काठमाडौँ । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको जंगलमा लागेको डढेलो प्रतिघण्टा २० वर्ग किलोमिटरको गतिले फैलिएपछि नियन्त्रण बाहिर गएको छ । डढेलोका कारण क्यालिफोर्नियाको उत्तर–पूर्वी क्षेत्रको एक लाख ५० हजार हेक्टर जंगल जलेर नष्ट भएको छ । डढेलो नियन्त्रण गर्न सयौं अग्नीनियन्त्रकहरु परिचालन गरिएको छ ।जंगल नजिक जलिरहेको कार गुडाएर आगजनी गरेको आशंकामा एक व्यक्तिलाई कारवाही गरिएको […]

२०८१ श्रावण १३ गते, आईतवार

हिजबुल्लाहकोआक्रमणबाट १२ इजरायलीको मृत्य

काठमाडौँ । हिजबुल्लाहको रकेट आक्रमणबाट १२ इजरायलीको मृत्य भएको छ भने २० भन्दा बढी घाइते भएको बताइएको छ। लेबनानबाट आएको रकेटले शनिबार इजरायली नियन्त्रित गोलान हाइट्सको फुटबल मैदानमा खस्दा कम्तिमा १२ जनाको ज्यान गएको हो । मृतकहरुमा अधिकांश किशोर र बालबालिका रहेको इजरायली सेनाले जनाएको छ। महिनौंको वैमनस्यतामा इजरायलको उत्तरी सीमापारबाट भएको यो सबैभन्दा घातक […]

२०८१ श्रावण १३ गते, आईतवार

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा

काठमाडौँ। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले सामाजिक सञ्जाल एक्समार्फत आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । ह्यारिसले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा गर्दै लेखेकी छिन्– ‘आज मैले आधिकारिक रुपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेँ।’उनले आफू हरेक भोटका लागि कडा मेहनत गर्ने […]

२०८१ श्रावण १२ गते, शनिबार