बिश्व

युक्रेनको भूभाग रूसमा गाभ्ने प्रक्रिया सुरु

काठमाडौं । रुसको तर्फबाट औपचारिक रूपमा युक्रेनको ४ भाग डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिझियामा जनमत संग्रह सुरू भएको छ । अर्थात्, यहाँ बसोबास गर्ने मानिसहरूले रूसमा सामेल हुने कि नहुने भन्ने निर्णय गर्नेछन्। भोटिङ ५ दिन अर्थात २७ सेप्टेम्बरसम्म चल्नेछ । यी ४ क्षेत्र युक्रेनको कूल भूभागको २० प्रतिशत छन् । पुटिनले रुस नियन्त्रित पूर्वी […]

२०७९ आश्विन ८ गते, शनिबार

भारी वर्षाका कारण १७९ जनाको मृत्यु

काठमाडाैं । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ […]

२०७९ आश्विन ८ गते, शनिबार

आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीस जनाको मृत्यु

काठमाडाैं । लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

२०७९ आश्विन ७ गते, शुक्रबार

युक्रेन युद्ध छल्न हजारौं रुसी नागरिक देश छाड्न आतुर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि थप जनशक्ति भर्ति गर्ने घोषणा गरेपछि युद्धमा जाने उमेर समूहका पुरुषहरु देश छाड्नका लागि सीमा क्षेत्रतिर लाइन लागेका छन् । जर्जियाको सीमा क्षेत्रमा देश छाड्न चाहनेहरुको लामो लाइन लागेको दावी पश्चिमा मिडियाले गरेका हुन् । पुटिनले केही दिन अघि ३ लाख नयाँ भर्ति गर्ने कार्यक्रम ल्याउनुभएको […]

२०७९ आश्विन ७ गते, शुक्रबार

अमेरिकामा आर्थिक मन्दीको चेतावनी !

काठमाडौं । अमेरिकाको फेडरल रिजर्भ बैंकले पुनः ब्याजदर बढाएको छ । यसै वर्ष लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो । सन् १९८० पछिको सबैभन्दा कठोर निर्णय भन्दै केन्द्रीय बैंकले निरन्तर ओरालो लागेको अर्थतन्त्रलाई जोगाएर देशलाई मन्दीमा जानबाट रोक्ने प्रयास गरिएको बताएको छ । तेस्रो पटक बढाइएको ब्याजदरपछि सापटी दर ३ देखि ३ दशमलव २५ प्रतिशत […]

२०७९ आश्विन ६ गते, बिहीबार

‘हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु’

काठमाडौँ । संसारमा हरेक चार सेकेन्डमा एक जना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निणर्ायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै […]

२०७९ आश्विन ५ गते, बुधबार

रुस र चीन सुरक्षा सम्बन्ध थप मजबुद बनाउन सहमत

काठमाडौं । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुद बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने सहमति भएको हो । रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु ब्यापक बनाउने सहमति भएको बताइएको छ ।रुसी र चिनियाँ चासो र हितलाई बेवास्ता […]

२०७९ आश्विन ४ गते, मंगलवार

महारानी एलिजाबेथको अन्त्येष्टि हुँदै

काठमाडौँ । बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुनेछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । […]

२०७९ आश्विन ३ गते, सोमबार

पाकिस्तानमा बाढीमा परी ३७ जनाको मृत्यु, ९२ घाइते

काठमाडौं । पाकिस्तानको विभिन्न भागमा मुसलधारे वर्षा पछिको बाढीमा परी करिब ३७ जनाको मृत्यु भएको छ । साेही बाढीमा परी ९२ जना घाइते भएका हुन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी सम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउने मध्य १६ बालबालिका र ७ जना महिला रहेका छन् ।यस वर्षको मनसुनका कारण देशका विभिन्न स्थानमा बाढी जाँदा […]

२०७९ आश्विन २ गते, आईतवार

‘रुसको विनाश देख्ने पश्चिमी देशहरूको सपना कहिल्यै पूरा हुँदैन’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरै वर्षदेखि रुसको पतनको लागि सम्पूर्ण पश्चिमले सपना देखेर काम गरेको तर उनीहरुको सपना कहिल्यै पूरा नहुने बताएका छन । उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकपछि उनले सञ्चारमाध्यमलाई भने, ‘दशकसम्म पश्चिमी देशहरूले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाएका थिए तर रुस यथावत नै रहेको […]

२०७९ आश्विन १ गते, शनिबार