बिश्व

रुसले सैनिक संख्या १० प्रतिशतले बढाउने !

काठमाडौं । रुसले सैनिक संख्या १० प्रतिशतले बढाउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाल कायम सैनिक संख्याको १० प्रतिशत नयाँ भर्ति गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको हो । हाल रुससँग ११ लाख ५० हजार नियमित सैनिक रहेकोमा १ लाख ३७ हजार नयाँ भर्ति गरिने भएकाे छ । राष्ट्रपति पुटिनकाे आदेश आगामी जनावरिदेखि कार्यान्वयनमा जाने […]

२०७९ भाद्र १० गते, शुक्रबार

रुसद्वारा युक्रेनको रेलवे स्टेशनमा रकेट आक्रमण

काठमाडौं । रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । यस्तै, आक्रमणबाट ५० जना घाइते भएका छन् । युक्रेनको स्वतन्त्रता दिवस र युक्रेनमाथि आक्रमणको ६ महिना पुगेको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट प्रहार गरेको हो । मृत्यु हुनेहरूमा ११ वर्षीय बालक समेत रहेको […]

२०७९ भाद्र ९ गते, बिहीबार

जलस्तर घट्दा डुबेका जहाज जलसहतमाथि देखिन थाले !

काठमाडौं । युरोपका नदी तथा तालहरुमा जलस्तर घट्दा यसअघि डुबेका युद्धपोत, बस्ती, चर्च, बगैचा र अन्य पुरातात्विक महत्वका सम्पदाहरु जलसहत भन्दा माथि देखिन थालेका छन् । महादेशको सबै भन्दा ठूलो मध्येको एक डेन्युब नदीमा पानीको स्तर एक शताब्दी यताकै तल झरेको हो । नदीको सर्बिया खण्डमा दोस्रो विश्व युद्धमा डुबेको युद्धपोत देखिन थालेको छ । […]

२०७९ भाद्र ८ गते, बुधबार

रुस र युक्रेन युद्ध: १० हजार सेना र ५५ सय सर्वसाधारणकाे मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धमा हालसम्म ९ हजार युक्रेनी सेनाकाे मृत्यु भएकाे युक्रेनले जनाएकाे छ । युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युक्रेनका ९ हजार सैनिककाे मृत्यु भएकाे घोषणा गरेका हुन् । उनले मृत्यु हुने सैनिकका टुहुरा छाेराछाेरीकाे हेरचाह अति आवश्यक भएको बताएका छन् । रुसले भने युद्धको पहिलो महिना १३ […]

२०७९ भाद्र ७ गते, मंगलवार

संयुक्त राष्ट्रसंघले तालिवान अधिकारीमाथिको प्रतिबन्ध हटाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघले केही तालिवान अधिकारीको यात्रा प्रतिबन्धलाई हटाइने निर्णय गरेको छ । “संयुक्त राष्ट्रसंघले तालिबानका १३ जना अधिकारीलाई लगाइएको यात्रा प्रतिबन्धका लागि म्याद थपका लागि कुनै सम्झौता नगरेको र शुक्रबारदेखि लागु हुनेगरी अन्त्य गर्ने तयारी गरेको सुरक्षा परिषद्का सदस्यहरूले एएफपीलाई बताएका छन् । सन् २०११ को संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार १३५ जना […]

२०७९ भाद्र ६ गते, सोमबार

रुस र युक्रेनबीच आरोप प्रत्यारोप

काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियामा युक्रेनी सेनाले आफना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी युक्रेनले जुलाइको अन्त्यमा रुस नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको हो । यद्दपी युक्रेनको गृहमन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाएकाले त्यसमा […]

२०७९ भाद्र ५ गते, आईतवार

तालिवानले भूकम्प प्रभावित क्षेत्रमा २२०० घर पुन:निर्माण गर्ने

काठमाडौं । अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार दुईसय घर पुनःनिर्माण गर्ने बताएको छ ।अफगानिस्तानको तालिवान नेतृत्वको प्रशासनले पूर्वी क्षेत्रका भूकम्प प्रभावित परिवारका लागि दुई हजार २०० घर पुनःनिर्माण गर्नुपर्ने अनुमान गरिएको जनाएको हो । त्यसैगरी, सरकारले पक्तिका प्रान्तको बरमल जिल्लामा एक हजार घर निर्माणका लागि काम शुरु भएको जनाएको छ । विपद् व्यवस्थापन […]

२०७९ भाद्र ५ गते, आईतवार

सिरियामा विस्फोट: १५ जनाको मृत्यु

काठमाडौँ । सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र […]

२०७९ भाद्र ४ गते, शनिबार

एकै दिन अढाई लाखभन्दा बढी कोरोना सङ्क्रमित !

काठमाडौं । जापानको टोकियोमा एकै दिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड १९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको […]

२०७९ भाद्र ३ गते, शुक्रबार

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले सामुद्रिक क्षेत्रमा बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले गत जुलाई सुरुपछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । ‘उत्तर कोरियाले आज बिहानै दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले […]

२०७९ भाद्र ३ गते, शुक्रबार