सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

काठमाडौं । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । […]
२०७९ कार्तिक १४ गते, सोमबार