बिश्व

उत्तर कोरियाद्वारा ब्यालिस्टक मिसाइल परीक्षण

काठमाडौँ । उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण् कोरिया र जापानले बताएका छन् । स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल […]

२०७८ पुष २७ गते, मंगलवार

कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

काठमाडौं ।  कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएकाे छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले साे भेरिएन्टकाे नाम ‘डेल्टाक्रोन’ दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेकाे बताइएकाे छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखा परेकाे युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी […]

२०७८ पुष २६ गते, सोमबार

बारुदी सुरुङ विस्फोट : पाँच जनाको मृत्यु

काठमाडौं । यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । यी विस्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम नभन्ने सर्तमा जानकारी दिएका छन् ।सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विस्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा […]

२०७८ पुष २५ गते, आईतवार

बन्दुकधारीद्वारा करीब २०० जनाको हत्या

काठमाडौं । समाचार एजेन्सी रोयटर्सले बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएको जनाएको छ । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको हो ।आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको […]

२०७८ पुष २५ गते, आईतवार

प्रदर्शनकारीमाथि गोली हान्न राष्ट्रपति जोमार्टको निर्देशन

काठमाडौं । काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो । पछिल्ला केही दिनयता सरकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन र […]

२०७८ पुष २४ गते, शनिबार

डब्लुएचओद्वारा ‘ओमिक्रोन’लाई हल्का रुपमा नलिन चेतावनी

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ । यसका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताएका छन् । जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भनेका छन् कि ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर […]

२०७८ पुष २३ गते, शुक्रबार

जापानमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जापान मौसम विज्ञान निकाय (जेएमए)ले जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो । जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा […]

२०७८ पुष २० गते, मंगलवार

हेइटीका कार्यबाहक राष्ट्रपतिको हत्या प्रयास

काठमाडौं । हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीको गोली हानी हत्या प्रयास भएको छ । गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको खुलासा भएको हो । उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन् । हेनरी र उनका अंगरक्षकहरु भाग्दै गाडीतर्फ […]

२०७८ पुष २० गते, मंगलवार

विश्वको जनसंख्या ७ अर्ब ८० करोड

काठमाडौँ । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखमएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने त्यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या १ अर्ब ३८ […]

२०७८ पुष १९ गते, सोमबार

सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकद्वारा राजीनामा

काठमाडौं । सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकले नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि राजीनामा दिएका छन् ।उनले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा […]

२०७८ पुष १९ गते, सोमबार